"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी पुरा

No data was found

Khabar Raftar

पौष ०८ धनगढी । धनगढीमा हुन लागेको शैक्षिक महोत्सव २०८१ को तयारी पुरा भएको छ । सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने मूल नाराका साथ नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासङ्घको प्रवर्धन तथा नेपाल पुस्तक तथा स्टेसरी व्यवसाय सङ्घ कैलालीको आयोजनामा आज देखि सुरु हुने महोत्सवको तयारी पूरा भएको हो ।

महोत्सवमा सुदूरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक स्टेसरी वितरक शैक्षिक संस्था मसलन्द सामग्री शिक्षण संस्थाहरू र शिक्षासँग सम्बन्धित निकायहरूका गरी १ सय बढी स्टल रहने आयोजकले जानकारी गराएको छ । महोत्सवमा विद्यालय स्तरीय नृत्य कविता वक्तित्वकला र चित्र कला प्रतियोगिता आयोजना समेत गरिने आयोजकले जानकारी गराएको छ ।

मदन पुरस्कार विजेता साहित्यकार र विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरूको समेत सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । त्यसैगरी महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने र सुदूरपश्चिमका परिकार सहितका खाना र खाजाका स्टल समेत समावेश गरिएको बताईएको छ ।

त्यस्तै महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्नुका साथै ५ करोड बढीको कारोबार हुने अनुमान गरिएको आयोजकले जानकारी गराएको छ । महोत्सव आयोजना गर्नलाई झण्डै २ करोड बढी खर्च हुने अनुमान गरिएको आयोजकले जानकारी गराएको छ । महोत्सवका लागि विद्यालय र क्याम्पसका विद्यार्थीहरू सामूहिक रुपमा पोशाकमा आएमा निशुल्क प्रवेश गराइने जानकारी गराईएको छ ।

स्वस्फुर्त रूपमा आउने विद्यार्थीलाई ५० रुपैयाँ टिकट रहेको र सर्बसाधारणलाई सय रुपैयाँ टिकट रहेको जानकारी गराईएको छ । त्यसैगरी जेष्ठ नागरिक फरक क्षमता भएका व्यक्तिलाई महोत्सवमा प्रवेश निशुल्क रहेको समेत आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

२०६७ सालमा आयोजना गरिएको राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवलाई १४ वर्षपछि धनगढीमा आयोजना गर्न लागीएको हुँदा आम सुदूरपश्चिमबासी, सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, पत्रकार, विद्यार्थी ,उद्यमी व्यवसायीहरूलाई आआफ्नो तर्फबाट महोत्सवलाई भव्य र सभ्य रुपमा सफल बनाउन सहयोग गरी दिन नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी सङ्घ कैलाली शाखाका अध्यक्ष भीमपडालले आग्रह गरेका छन् ।

महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पुस ९ गते विहान १० बजे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उनले जानकारी गराए । साथै उद्घाटन भन्दा अगाडि धनगढीको ट्राफिक चौराहा देखि महोत्सव स्थल पशुपति टोलसम्म प्रभात फेरि आयोजना गरिने उनले जानकारी गराएका छन ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन