"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अत्तरियामा लाग्ने सुदूरपश्चिम प्रादेशिक महोत्सव अन्योलमा

No data was found

Khabar Raftar

पौष ०३ धनगढी । हरेक बर्ष अत्तरीयामा सञ्चालन हुँदै आएको सुदूरपश्चिम प्रादेशिक महोत्सव लगाउने विषयमा अन्यौलमा रहेको छ । महोत्सव आयोजना गर्दै आएको अत्तरिया उद्योग वाणिज्य संघका १० जना पदाधिकारीले राजीनामा दिए पछि महोत्सव लगाउने विषयमा अन्योलमा रहेको हो । गत वर्षको महोत्सवमा नक्कली टिकट ठेली प्रकरण बाहिरिए पछि केही दिन अघि समितिका उपाध्यक्ष सहित १० जनाले राजीनामा दिएका थिए ।

१५ जनाको समितिमा १० जनाले राजीनामा दिए पछि अहिले महोत्सव लगाउने विषयमा के गर्ने भन्ने अन्योल उत्पन्न भएको छ । समितिका अध्यक्ष कल्याण सिंह बोहराले ढिलो चाँडो भए पनि महोत्सव लगाउने बताएका छन । उनले समितिका पदाधिकारीले राजीनामा दिएकाले कसरी अगाडी बढ्ने भन्ने बारेमा कानुनी परामर्श गरिरहेको बताए । ‘महोत्सव लगाउने बताउदै उनले अहिले कानुनी परामर्श गरिरहेको बताए । समितिमा केही पदाधिकारी तथा सदस्यले राजीनामा दिएको हुनाले टुङ्गो नलागेको बताउदै उनले ढिलो चाँडो महोत्सव लाग्ने बताए ।

२÷४ दिन तलमाथि भए पनि महोत्सव लाग्ने उनले बताए । सबैको सहयोग भएमा महोत्सव सञ्चालन हुने बताउदै उनले महोत्सव व्यवसायी, कलाकार सबैका लागि भएको बताए । संघको महासचिव पदबाट राजीनामा दिएका शङ्कर खड्काले भने अहिलेको अत्तरिया उद्योग वाणिज्य संघ अवैध भएकाले महोत्सव लगाउन सम्भव नभएको बताए । ‘अहिले संस्था नै अवैधानिक छ । नवीकरण नै भएको छैन । अडिट गरिएको छैन । यी काम गर्न कार्यसमितिमा निर्णय गराउनु पर्ने त्यो भएको छैन । कसरी महोत्सव हुन्छ ?’ उनले भने ।

‘हामी महोत्सवको विरोधी होइनौ तर, अवैध तरिकाले महोत्सव हुनु हुँदैन ।’ उनले अहिले देखिएका समस्या समाधानका लागि पहिला नयाँ कार्यसमिति बनाउन आवश्यक रहेको बताए । उनले एक जना अध्यक्षले महोत्सव लगाउँछु भन्नु कल्पना बाहिरको कुरा भएको बताए । ‘अध्यक्षले महोत्सव लगाउन भन्दा पहिले समिति बनाउन आवश्यक छ । नयाँ तदर्थ समिति बनाएर हुन्छ या सर्वसम्मत समिति बनाएर महोत्सव लगाउन सहज हुन्छ’ उनले भने ।

विगतमा महोत्सवलाई मागिखाने भाँडो बनाएको गिरोह अहिले महोत्सव लगाउन सक्रिय भएको उनले बताए । महोत्सवका विषयमा व्यवसायीको आम भेला बोलाएर छलफल गर्ने तयारी गरिएको उनले बताए । १० जनाले राजीनामा दिएको अवस्थामा अध्यक्षले म एक्लै महोत्सव गर्छु भन्ने कुरा स्वीकार्य नहुने र, त्यो कानुन सम्मत पनि नहुने उनले बताए ।

उनले महोत्सव आयोजनाका लागि स्वीकृति लिन पनि कार्यसमितिको निर्णय र संस्था नवीकरणको कागजात आवश्यक पर्ने भएकाले अहिले स्वीकृति लिन सम्भव नभएको बताए । अत्तरियामा गत वर्ष आयोजना गरिएको महोत्सवमा नक्कली टिकट ठेली भेटिए पछि अदालतमा मुद्दा परेको थियो । अध्यक्षले अदालतले दोषी किटान गर्नु अघि हिनामिना भएको रकम संस्थालाई तिरेर मिलापत्र गराएर मुद्दा टुङ्गिए पनि समितिका ११ जनाले राजीनामा दिएका थिए । अत्तरियामा गत वर्ष पुस २६ गतेदेखि माघ ७ गते सम्म महोत्सव सञ्चालन गरिएको थियो ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण