पौष ०१ धनगढी । धनगढीमा संचालन भईरहेको सुदूरपश्चिम महोत्सवको समय ४ दिन थप गरिएको छ । मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भए पनि दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गते सम्मका लागी ४ दिन थप गरिएको हो ।
महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुवँरले दर्शकको मागलाई मध्यनजर गर्दै ४ दिन थप गरिएको जानकारी गराए । उनले ४ दिन थप गरेर पुस ६ गते शनिबार समापन गरिने जानकारी गराए ।
हरेक बर्ष यसै समयमा संचालन हुदै आएको सुदूरपश्चिम महोत्सवले सुदूरपश्चिमको आर्थिक गतिबिधी चलायमान बनाउन मदत पुग्दै आएको छ । ३ करोड लगानी अनुमान गरिएको महोत्वसमा उद्योगी व्यवसायको १५ करोड वरावरको कारोवार हुने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि,जडिवुटी, हस्तकला फर्निचर,अटोमोवाइल्स,गारमेन्ट,इलेक्टोनिकल,होटल र सूचना प्रविधि गरि ५ सय स्टलहरु ररहेका छन् । यस वर्षको महोत्सवमा करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।


