"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पुरा,मन्त्री भण्डारीले उद्घाटन गर्ने

No data was found

Khabar Raftar

मंसिर २१ धनगढी । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार कैलाली उद्योग बाणीज्य संघले पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा भोली शनिबार देखि सुरु हुने १८ औँ संस्करणको सुदूरपश्चिम महोत्सव अगामी पुष २ गतेसम्म सञ्चालन गरिने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी गराए । उनले सुदूरपश्चिम महोत्सवको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने जानकारी समेत   गराए ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुँवरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महोत्सवकोे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी गराएका हुन । व्यवसायिक कृषि प्रर्दशनी,उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले जानकारी गराए । संघले झण्डै ३ करोडको लगानीमा महोत्सव सञ्चालन गरिरहेको जानकारी गराउदै अध्यक्ष कुँवरले महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरेर ५ सय ३१ वटा स्टलहरु रहेको बताए ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको अध्यक्ष कुँवरले जानकारी गराए । त्यसैगरी कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवबाट संकलन भएको रकमबाट तीन लाख रुपैया एनपीएलमा सहभागी सुदूरपश्चिम रोयल्स टीमलाई दिने भएको छ । सुदूरपश्चिम महोत्सव–२०८१’बाट संकलन भएको रकमबाट सुदूरपश्चिम रोयल्सलाई उक्त रकम दिईने जानकारी गराईएको हो ।

महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागी सम्भावनाहरुको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, सांस्कृतिक कला, खानपान, भाषाको संरक्षण गर्दै व्यवसायिक सफलता प्राप्त गरि जनताको गुणस्तरीय जीवनमा सहयोगी सावित हुने विश्वास गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको    छ । महोत्सवमा यसपटक राष्ट्रिय कलाकारलाई अगाडि समय दिने समेत जानकारी गराइएको छ । सुरक्षाको दृष्टिकोणले पूर्णरुपमा अत्याधुनिक सीसी क्यामराले निरीक्षण गरिने तथा निजि र सरकारी सुरक्षाकर्मीहरुको व्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ ।

बालवालिका र खेलमा रुची भएका दर्शकहरुको रुचीलाई प्राथमिकता दिइ महोत्सवमा नयाँ एक्युरेअम पनि रहेको अध्यक्ष कुँवरले जानकारी दिए । टिकट अनलाइन मार्फत समेत काट्न सकिने बताउदै उनले भायानेट इन्टरनेट पार्टनर रहेको जानकारी गराए । त्यसैगरी महोत्सवमा १० वटा माग सहित प्रमुख अतिथिलाई १० किलोको माला लगाइने संघका महासचिव ओमबहादुर बिष्टले जानकारी गराए । संघले विसं.२०६३ सालदेखि ‘सुदूरपश्चिम महोत्सव’को आयोजना गर्दै आएको छ ।

महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर– १ पशुपति टोलमा आयोजना गरिएको छ । त्यसैगरी हेलिकोप्टरबाट धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गराइने भएको छ । कैलाली, कञ्चनपुरको धार्मिक क्षेत्र र खप्तड, रामारोशन, बडिमालिका लगायतको अवलोकन गराउने गरी हेलि टुरको व्यवस्था गर्न थालिएको बताईएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा शनिबार देखि धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सवमा हेलि टुर सेवा सञ्चालनका लागि तयारी भइरहेको सङ्घका सल्लाहकार मायाप्रकाश भट्टले जानकारी गराए । उनले कैलाली, कञ्चनपुरमा रहेको विभिन्न धार्मिक स्थलको अवलोकन गराउने गरी सिटी टुर हेलि सेवा र खप्तड, रामारोशन, बडिमालिकाका लागि हेलि टुर सेवा सञ्चालन गरिने बताए । व्यापार, कृषि, उद्योग, पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सङ्घले हरेक वर्ष सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए