"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दोधाराचादनी सुक्खा बन्दरगाह निर्माणका लागी टेन्डर आह्वानको तयारी

No data was found

Khabar Raftar

कार्तिक २८ कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको पहिलो सुक्खा बन्दरगाह निर्माणका लागि टेन्डर आह्वानको तयारी गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२.३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै सुक्खा बन्दरगाह निर्माणका लागी टेन्डर आह्वानको तयारी गरिएको हो । गत असोज २ गते सरकारले निर्णय गरेसंगै सरकारले रुख कटानीको आदेश दिएर रुख कटानीको लागि वन मन्त्रालयले प्रक्रिया अगाडी बढाएको छ ।

सुक्खा बन्दरगाह निर्माण हुने क्षेत्रमा १ हजार ७ सय २ वटा रुख कटानको निर्णय सकारले गरे पछि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागी बाटो खुलेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेले जग्गा भोगाधिकार र रुख कटानी निर्णय पछि सुक्खा बन्दरगाह निर्माण प्रक्रियामा अवरोध नभएको बताउदै चाँडै संरचना निर्माणको काम सुरु हुने बताए ।

‘सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ४२ं.३६ हेक्टर जमिन प्रयोग गर्न दिने निर्णय भएको बताउदै उनले सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढ्को बताए । सुक्खा बन्दरगाह भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुने बताउदै उनले बन्दरगाह निर्माणका लागि भारतीय पक्षले पनि टेन्डर प्रक्रिया अगाडि बढाएको जानकारी गराए । बन्दरगाह निर्माण सुरु भएको तीन वर्षभित्र काम सक्ने भारतीय पक्षले जनाएको छ ।

सुक्खा बन्दरगाह निर्माणका लागि ५ अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको सम्भावनाको ढोका खुल्ने बताए । उनले पटक पटकको संवाद, छलफल र बैठक पछि सुक्खा बन्दरगाह निर्माणले गति पाउन थालेको बताए ।

भारतको राजधानी दिल्ली नजिक पर्ने भएकाले पनि आयात र निर्यातका लागि बन्दरगाह महत्त्वपूर्ण रहेको बताए । दोधारा चाँदनी बन्दरगाहले प्रदेशको मात्रै नभई देशको संवृद्धिको ढोका खोल्ने बताउदै उनले दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको स्थापना पछि छिमेकी मुलुक भारतमा रहेका उद्योगहरूका शाखाहरू समेत नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको बताए ।

कार्तिक ७ गते प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निमार्णस्थलको निरीक्षण गर्दै उद्योग मन्त्री भण्डारीले मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केहि महिना भित्रै निर्माणको काम सुरु गरिने बताएका थिए । ‘मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ, अन्य प्रक्रिया सुरु गरेर छिट्टै निर्माणको काम थालनी हुनेछ, छिमेकी मुलुक भारतको आर्थिक र प्राविधिक सहयोगमा चाँडै सम्पन्न गर्ने गरी सरकारले उच्च प्राथमिकतामा राखेको छ‘ उनले भनेका थिए ।

सरकारले बझाङसँग जोडिएको ताक्लाकोट नाका र दार्चुलासँग जोडिएको तिङ्कर नाका खोल्ने तयारी गरेको छ ,यी नाका खुल्ने बित्तिकै सुदूरपश्चिम मात्रै नभई सिङ्गो देशले आर्थिक फड्को मार्ने छ । उक्त नाका सञ्चालनमा आए मुलुकको सबैभन्दा छोटो नाका बन्ने बताउदै उनले सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने भएकाले उद्योगी व्यवसायीहरू पनि उत्साहित भएका छन् ।

उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष अनिल कुमार भुजनीयाले नाका सञ्चालनमा आए उद्योगी व्यवसायीहरूले खेपिरहेको मार कम हुने बताए । अहिले लामो बाटो प्रयोग गरेर सामान ल्याउनुपर्ने बाध्यता भएको बताउदै उनले पश्चिमीे नाकाबाट भारतका औद्योगिक क्षेत्रहरू छोटो दूरीमा रहेकाले व्यापारको लागत र समय घटाउने बताए । नाका सञ्चालनमा आए सुदूरपश्चिमको व्यापार फस्टाउने अपेक्षा गरिएको उनले बताए ।

सुक्खा बन्दरगाहमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । २०६४ सालमा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । त्यसपछि पटक पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन । भारतले अर्को महिना सम्ममा टेन्डर आह्वान गर्ने जनाईएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण