धीरज प्रपाला । सुदूरपश्चिम प्रदेश आफैमा सुन्दर प्रदेश हो । प्राकृती सौन्दर्य र पर्यटकिय हिसावले पनि सुदूरपश्चिम प्रदेश सुन्दर प्रदेश हो । खप्तड, रामारोशन, बडीमालीका,सुर्मादेवी, शैलेश्वरी उग्रतारा,बैजनाथ,निङलाशैनी, दोधारा चादनी, बेदकोट, घोडाघोडी, गोदावरी, टिकापुर र कर्णाली जस्ता देवि देउताका मन्दिर पर्यटकीय क्षेत्रले पनि सुदूरपश्चिम प्रदेशलाई सुन्दर बनाएको छ । सुनमा सुगन्ध थपेको छ । हरेक कुराको प्रचार प्रसार र महत्वबोध गराउने मीडियाको पनि सुदूरपश्चिम प्रदेशमा निकै विकास हुदै आएको छ ।
९ वटा जिल्ला बाजुरा, अछाम,डोटी,डडेल्धुरा, बझाङ,बैतडी,दार्चुला, कञ्चनपुर र कैलाmली गरी ९ वटा जिल्ला रहेको सुन्दर सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा सञ्चारको पहुच पुगी सकेको छ । सबै जिल्लाहरुमा रेडीयो एफ एम र पत्रपत्रिकाको प्रशस्त विकास भएको देखिन्छ । सबै भन्दा पुरानो अर्थात पहिलो पत्रीकाका रुपमा भने महाकाली पञ्चायतद्वारा प्रकाशित महाकाली सन्देश र सेती पञ्चायतद्वारा प्रकाशीत सेती सन्देश पत्रिका रहेको पाईएको छ ।
बरिष्ठ पत्रकार मनमोहन स्वारका अनुसार सुदूपश्चिम प्रदेशमा पहिलो प्रकाशनका रुपमा विक्रम सम्बत २०२१ सालमा यी दुई वटा पत्रिका तत्कालीन पञ्चायत सरकारले प्रकाशन गरेको पाइएको छ । यद्यपी त्यस भन्दा अगाडी डोटीबाट एउटा हाते पत्रिका निस्केको भनाई रहेको भए पनि त्यसको यथेष्ट प्रमाण भने नपाईएको बरिष्ट पत्रकार मनमोहन स्वारको भनाई छ । निजी पत्रिकाका रुपमा भने राम बहादुर चन्दको जनअवतार प्रकाशन भएको बरिष्ठ पत्रकार स्वारको भनाई छ ।
दुई वा दुई भन्दा बढी व्यक्ति वा समूह वा निकाय बिच सूचना वा जानकारी आदान प्रदान गर्ने कार्यलाई निरन्तरता दिन एक व्यक्तिले अर्को व्यक्तिलाई बुझ्ने वा अर्को पक्षको विचार धारणा मूल्य मान्यता थाहा पाउन अर्थात समग्रमा सूचना तथा समाचार र विचार प्रबाह गर्न मिडियाको भूमीका अहम रहदै आएकाले अहिले मीडियाको भूमीका बढ्दै गएको छ । विश्वमा मिडियाले गर्दै आएको कार्यको विश्वश्नियता र महत्व बढ्दै गएको अबश्था पनि हो ।
सञ्चारका माध्यमबाट आम जनसमुदायलाई निश्चित सन्देश प्रवाह गर्ने क्रममा प्रयोग गर्ने प्रक्रिया माध्यम सङ्केत र बुझाइको संयुक्त रूप सञ्चार भएकाले सूचना, विचार, अवधारणा, अभिमत, राय, खबर तथा भावना जस्ता सूचनामूलक कुरा पारस्परिक समझदारीको प्रयोजनका लागि प्रसारित, प्रकाशित गर्ने कार्यले ठुलाठुला उपलब्धीहरु हासिल हुदै पनि गएका छन । सञ्चार एउटा साधन हो ,जसले प्रशासनिक प्रक्रियालाई सहज बनाउँछ र कार्यान्वयन पक्षलाई सुदृढ गर्दछ । जनतालाई सुशुचित गर्नुकासाथै जागरुक बनाउछ । त्यसैले मिडीइा शक्तिशाली बन्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा पनि मीडीयाको विकास दु्रत गतीमा हुदै गएको छ ।
पत्रपत्रिकाको विकास हुदै गएका कारण सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लालाई काठमाण्डौ पछिको पत्रपत्रिका बढी भएको जिल्लाका रुपमा लिने गरिएको छ । कैलालीमा मात्रै अहिले १६ वटा दैनिक पत्रिका प्रकाशित हुदै आएका छन । त्यसैगरी ५ वटा साप्ताहिक पत्रिका प्रकाशीत हुदै आएका छन भने थुप्रै अनलाईनहरु सञ्चालनमा रहेका छन । ८ वटा एफ एम र ४ वटा टेलीभिजन सञ्चालनमा रहेका छन । त्यसैगरी कञ्चनपुरमा पनि बझाङमा पनि दुई वटा साप्ताहिक पत्रिका प्रकाशित हुदै आएका छन भने १० वटा एफएमहरु सञ्चालनमा रहेका छन ।
पत्रकार प्रदिप मलासीका अनुसार थुप्रै अनलाईनहरु सञ्चालनमा रहेका छन । त्यसैगरी दार्चुलामा पनि दुई वटा दैनिक र २ वटा साप्ताहिक गरी ४ वटा पत्रिका प्रकाशित हुने गरेका छन भने ९ वटा एफएम सञ्चालनमा रहेका छन । दार्चुलाका प्रेम राम लोहारका अनुसार ४ वटा पत्रिका र ९ वटा एपएmसंगै अनलाईन न्युज प्रोटोल पनि सञ्चालनमा रहेका छन । बैतडीमा पनि ७ वटा एफएम र ४ वटा दैनिक र ७ वटा साप्ताहिक सञ्चालनमा रहेको पत्रकार महासंघ बैतडीका अध्यक्ष खगेन्द्र अबश्थीले जानकारी गराउका छन । त्यसैरी अनलाईन पनि सञ्चालनमा रहेका छन ।
डोटीमा पनि पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाहीका अनुसार ६ वटा एफएम १ वटा दैनिक र ४ वटा साप्ताहिक सञ्चालनमा रहेका छन । केही अनलाइएनहरु पनि सञ्चालनमा रहेका छन । डडेल्धुरामा पनि ६ वटा एफएम सञ्चालनमा रहेका छन भने साउन यता छापा माध्यामका पत्रपत्रिकाहरु प्रकाशीत हुन नसकेको पत्रकार हमासंघ डडेल्धुराका अध्यक्ष हिकमत शाहीले बताएका छन । बाजुरामा पनि ७ वटा एफएम रेडीयो र २ वटा दैनिक सञ्चालनमा रहेको पत्रकार मदन विकले जानकारी गराएका छन ।
१५ वटा अनलाईन पनि सञ्चालनमा रहेको उनले बताएका छन । त्यसैगरी अछाममा १० वटा एफएम ३ वटा दैनिक र ५ वटा साप्ताहिक सञ्चालनमा रहेका छन । यसरी हेर्दा सुदूरपश्चिम प्रदेशमा रेडीयो अनलाईन सबै भन्दा बढी रहेका छन भने छापामीडीयाको अबश्था दयनीय बन्दै गएको छ । सञ्चारगृहको अबश्था दयनीय भएकाले पत्रकारहरुको अबश्था पनि कमजोर रहेको छ । यसका अतिरिक्त पाक्षिक र मासिक पत्रिका पनि प्रकाशीत हुदै आएका छन ।
प्रदेशको सूचना तथा सञ्चार मन्त्रालयको जीम्मेवारी पाएको आन्तरिक मामीला तथा कानुन मन्त्रालयले पनि पत्रपत्रिकाको विकासका लागी उल्लेख्य भूमीका निर्बाह गर्न सकेको छैन । मन्त्रालय सिमित संगठनहरुको कब्जारहेको छ । पत्रपत्रिकाको बृती विकासका लागी छुट्याइएका बजेट समेत पत्रकार महासंघ सुदूपश्चिम प्रदेशको जिम्मा लगाएर भ्रमणका नाम्मा खर्च गरिने परिपाटी बसेको छ ।
बर्षमा एक पटक लोक कल्याणकारी विज्ञपनका नाम्मा ८ हजार दिएर मन्त्रालय पानीमाथीको ओभानो बन्ने गरेको छ । लामो समय देखि चर्चामा रहेको आम सञ्चार सम्बन्धी बनेको विद्येक समेत अहिले सम्म पारीत हुन सकेको छैन । पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ सुदूरश्चिम प्रदेश समेत सबैको बन्न नसकेको अबश्था छ ।
सिमित ब्याक्तिहरुको संस्था र पार्टीको भातृसंगठन जस्तै बन्दै गएको छ । यद्यपी जिल्ला शाखाहरु भने सबैको साझा बन्ने प्रयासमा छन । सुदूरपश्चिम प्रदेशमा समाचार लेखेकै भरमा एकजना पत्रकारको हत्या भएको छ । हत्या गरिएका पत्रकार जेपी जोशीका हत्यारा समेत अहिले सम्म पक्राउ गर्न सकिएको छैन । पत्रपत्रिका, अनलाईन एफएम र रेडीयोको विकास भए पनि ती सञ्चार गृहमा काम गर्ने पत्रकारहरुको अबश्था भने दयनिय बन्दै गएको छ ।
केही बन्न नसके पत्रकार बन्ने संस्कार हावी हुदै गएका कारण पछिल्लो चरणमा सुदूरपश्चिम प्रदेशमा पत्रकारीता गन्हाउदै जान थालेको छ । आमसञ्चार जनताको बन्न नसकेको अबश्था छ । स्थानीय तहमा रहेका एफएम रेडीयोहरुलाई स्थानीइ तहले बजेट छुट्याई दिने गरेका कारण चलीरहेका छन । नभए रेडीयो पनि चल्न नसक्ने अबश्था छ ।
सञ्चार माध्यामको विकास हुनु आफैमा राम्रो विषय हो । तर कतीपय सञ्चार माध्यामहरुले गर्ने पत्रकारीताका कारण समग्र पत्रकारीता क्षेत्रको बदनाम हुन थालेको छ । तर पनि छाता संगठनले कारबाहीको दायरामा ल्याउन नसकेको अबश्था छ । जसका कारण पत्रकार दलाली र भ्रष्टाचारमा लिप्त हुने गरेका घटनाहरु सार्बजनीक हुदै आएका छन । जनतालाई सूचना प्रबाह गरेर राज्यका कमी कमजोरी औल्याएर सचेत तुल्याउने पत्रकारहरु नै भ्रष्टचारमा लिप्त हुने भए पछि पत्रकारलाई विश्वास गर्न समेत छाडीएको अबश्था छ ।
पत्रकार र सञ्चार माध्यामलाई सबल बनाउन नेपाल पत्रकार महासंघ र प्रदेश सरकार जिम्मेवार बन्न जरुरी छ । आम सञ्चार विद्येक पासगरी पत्रकारहरुले भोग्दै आएका समस्या र सञ्चार माध्यामका समस्या समाधान गर्नेगरी निति योजना बनाउन जरुरी छ । पत्रकार हमासंघले पनि सबैको साझा संगठन भएर पत्रकार र सञ्चार माध्यामका विषयमा आवाज उठाउन जरुरी छ ।
आन्तरिक मामीला तथा कानुन मन्त्रालयले पनि मन्त्री कसको हो,कुन पार्टीको हो,त्यो नहेरी सबैलाई समान ढंगले हेर्न जरी छ । लोक कल्याणकारी विज्ञपनलाई प्रभावबारी बनाउनुकासाथै क्रियाशिल सञ्चार माध्यामहरुलाई अनुदानको ब्याबश्था गर्न सके सुदूरपश्चिम प्रदेशमा धर्मराउदै गएको सञ्चार क्षेत्रलाई सबल बनाउन सकिने भएकाले उचित प्रबन्ध मीलाउन जरुरी छ । दयनीय बन्दै गएको पत्रकारहरुको अबश्थालाई उकास्न विशेष कार्यक्रमहरु सञ्चालन गर्न जरुरी छ ।
दशै तिहार र नयाँ बर्षमा मात्र प्रकाशित हुने पपत्रिकाहरुलाई नियमन गर्न आवश्यक छ । सरकारले पनि स्थानीय निकायमा गरिने विज्ञापन स्थानीइ पत्रपत्रिकामा प्रकाशन गर्न पाउनेगरी नियम कानुन बनाउन जरुरी छ । स्थानीय तहको विज्ञापन सम्बन्धीत पालीकामा रहेको सञ्चारमाध्यामले पाउनु पर्छ । पालीकाकाक विज्ञापन केन्द्रमा जाने र केन्द्रका सञ्चार माध्याम मोटाउने र स्थानीय पत्रपत्रिका बन्द गर्नु पर्ने अबश्था आएकाले सम्बन्धीत पक्ष गम्भिर हुन जरुरी छ ।

