असोज ११ धनगढी । कैलालीमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिम विद्यमान रहेको भन्दै असोज १५ गतेबाट खोप अभियान सञ्चालन हुने भएको हो । कैलालीको १३ वटा पालिकामा खोप अभियान सञ्चालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले खोप अभियान सञ्चालनका लागि पत्राचार गरिसकेको जनाइएको छ ।
चाडपर्वको बेला मानिसको ओहोरदोहोर बढी हुने भएकाले कोभिड सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरेर खोप अभियान सञ्चालन गर्न लागेको बताइएको छ । कोभिड अझै छिटपुट रुपमा देखा परिरहेकाले पहिल्यै सतर्क रहन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।
अहिले चाडपर्व आइरहेकाले विगतको घटनालाई नबिर्सेर पहिल्यै सतर्क भएमा राम्रो हुने उनले बताए । फाइजर, बायोटेक, मोनो भ्यालेटको खोप लगाउने जनाइएको छ । बच्चा र वयस्क दुवैका लागि कुल ३५ हजार डोज खोप स्थानीय तहलाई वितरण गरिने जानकारी दिइएको छ ।
धनगढी उपमहानगरपालिकालाई पाँच हजार डोज, टीकापुर नगरपालिकालाई पाँच हजार डोज, लम्कीचुहा नगरपालिकालाई सात हजार डोज खोप दिइने जनाइएको छ । त्यसैगरी, भजनी नगरपालिका, घोडाघोडी, गौरीगंगा नगरपालिकालाई तीन तीन हजार, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिकालाई दुई–दुई हजार डोज खोप दिइने छ ।
त्यसैगरी, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, चुरे र मोहन्याल गाउँपालिकालाई एक एक हजार डोज खोप दिने जनाइएको छ । प


