भदौ १२ धनगढी । कैलालीको धनगढीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर–२ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागेर घाइते भएकी उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जानकारी गराएको हो ।
Post Views: 36