"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाजुराका ६९ वटा वडा मध्ये १२ वटा वडामा मात्रै राष्ट्रिय प्रशारण लाईन बिस्तार

Khabar Raftar

भदौ १२ बाजुरा । बाजुरा जिल्लाका ९ वटै पालीकाका ६९ वटा वडा मध्ये तीन वटा पालीकाका १२ वटा वडामा मात्रै राष्ट्रिय प्रशारण लाईन बिस्तार गरिएको छ । बाजुराको सदरमुकाम रहेको बडिमालिका नागरपालिकाका ६ वटा वडा, खप्तड छेडेदह गाउँपालिकाका ३ वटा वडा र बुढिगंगा नगरपालिकाका ३ वटा वडा गरी जम्मा १२ वटा वडामा मात्र राष्ट्रिय प्रशारण लाईन बिस्तार गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बाजुराका सूचना अधिकारी गुणराज भट्टले बाजुराका ६९ वटा वडा मध्ये १२ वटा वडामा मात्र राष्ट्रिय प्रशारण लाईन बिस्तार गरिएको जानकारी गराएका हुन । तर विद्युत प्राधिककरणको केन्द्रिय तथ्यांकले ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका गरि ९ वटा स्थानिय तह रहेको बाजुराका नौ वटै स्थानिय तहमध्ये गौमुल गाउँपालीकामा मात्र राष्ट्रिय प्रशारण लाईन बिस्तार गर्न बाँकी रहेको देखाएको छ ।

नेपाल बिधुत प्राधिकरण केन्द्रीय कार्यालयले बाजुराको गौमुल गाउँपालिका बाहेक सबै पालिकामा राष्ट्रिय प्रशारण लाईन पुगेको तथ्यांक सार्बजनिक गरेको छ । केन्द्रको तथ्याकले भ्रम छर्ने काम गरेको बताईएको छ । ंसूचना अधिकारी भट्टले बुढिगंगा नगरपालिकाको वडा नम्बर १,२,३,बडिमालिका नगरपालिकाको वडा नम्मर १,२,३,७,८ र ९ मा मात्रै राष्ट्रिय प्रशारण लाईन बिस्तार गरिएको जानकारी गराए । त्यसैगरी खप्तड छेडेदह गाउँपालिकाको वडा नम्मर ५ र ७ पुरै र वडा नम्बर ६ का ५५ परिवारलाई राष्ट्रिय प्रशारण लाईनमा जोडीएको सूचना अधिकारी भट्टले जानकारी गराए ।

बडिमालिका नगरपालिका साबिकका मार्तडी र जुगाडा, बुढिगंगा नगरपालिकाको साबिक ब्रह्मतोला गाबिस र खप्तड छेडेदह गाउँपालिकाको साबिक आटिचौर गाबिसमा मात्र राष्ट्रिय प्रशारणलाईन बिस्तार गरिएको सूचना अधिकारी भट्टले जानकारी गराए । बाजुरामा राष्ट्रिय प्रशारण लाईनका सेवाग्राही ४ हजार ४ सय ८३ रहेको तथ्याकं रहेको छ ।

बाजुरामा सबैभन्दा कम ३३ दशमलव ५१ प्रतिशत मात्र विद्युतीकरण भएको राष्ट्रिय तथ्याकमा पनि उल्लेख गरिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार बाजुरामा १ लाख ३८ हजार ९ सय ९८ जनसंख्या रहेको छ । नेपालको जनगणना २०७८ अनुसार बाजुरामा २२ हजार ९ सय २१ परिवार बिधुतको पहुँचमा रहेको देखिएको छ । त्यसैगरी ४ हजार ३ सय ४२ परिवारले शौर्यउर्जा तथा सोलार, ६७ परिवारले मट्टितेल र ७ परिवारले बायोग्यास प्रयोग गर्ने गरेको जनगणनाको तथ्याकंमा उल्लेख गरिएको छ ।

उक्त तथ्याकंका अनुसार बाजुरामा बिजुलीबाट खाना पकाउने १८ परिवार मात्रै रहेको उल्लेख गरिएको छ । २५ हजार ७ सय ५१ परिवार अझै दाउराको प्रयोग गरिरहेका छन भने २ हजार परिवारले एलपिजी ग्यासबाट खाना पकाउने गरेको जनगणना २०७८ को तथ्याङकले देखाएको छ । त्यसैगरी २ सय ४१ जना बायोग्यास, १८ परिवार मट्टितेल र अन्यमा खाना पकाउने १३ परिवार रहेको उल्लेख गरिएको छ ।

सर्वाधिक दुर्गम हिमाली गाउँपालिका बिच्छँयाका ५ सय ८४ परिवार अध्यारोमा बस्न बाध्य भएको तथ्याङकले देखाएको छ । साविकको बिच्छँया गाबिसको रुपमा रहेको बिच्छँयामा २०७८ को जनगणना अनुसार ३ हजार ३ सय ७१ जना बासिन्दाको बसोबास रहेको छ । उनिहरु झरोको साहारमा उज्यालो बालिरहेको उल्लेख गरिएको छ ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो