"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीमा सम्बन्ध बिच्छेदका मुद्धा बढ्दै

Khabar Raftar

भदौ १२ धनगढी । कैलालीमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएका छन । सम्बन्ध बिच्छेदका मुद्धाहरुको संख्या बढ्दै गएको जिल्ला अदालत कैलालीको तथ्याङ्कले देखाएको हो । जिल्ला अदालत कैलालीमा एक वर्षमा ७ सय ६८ जनाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएको तथ्याङकले देखाएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जिल्ला अदालत कैलालीमा गत आर्थिक वर्षमा कुल २ हजार पाँच सय ८२ वटा मुद्दा दर्ता भएकोमा तीमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा रहेका छन । बिगतमा निकै पीडा र समस्या पछि सम्बन्ध बिच्छेदका लागि अदालत सम्म पुग्ने गरेपनि पछिल्लो समय सामान्य विवादमै सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुग्न थालेको कानुन ब्यवसायीहरुले बताएका छन । गत आर्थिक बर्षमा सम्बन्ध बिच्छेदका लागी २ सय १२ वटा मुद्दा पुरुषले मात्रै दर्ता गराएको अदालतको तथ्याङकले देखाएको छ ।

सम्बन्धविच्छेद गर्न अदालत जानेमा पुरुष भन्दा महिलाको संख्या दोब्बर देखिएको छ । जिल्ला अदालत कैलालीका प्रमुख न्यायाधीश दण्डपाणि लामिछानेले अदालतको तथ्याकं हेर्दा सम्बन्ध विच्छेदको समस्या विकराल बन्दै गएको बताए । सम्बन्ध विच्छेदका धेरै कारणहरु मध्ये एउटा कारण सम्पती भएको बताउदै उनले गरिबी र अभाव हुन्छ, त्यहाँ तनाव हुने भएकाले सम्बन्धमा दरार आउने गरेको बताए । मान्छेका इच्छा चाहानाहरू धेरै हुने गरेको र समाजले, अहिलेको परिवेशले लगाएको, खाएको देखे पछि अनुकरण गर्ने प्रवृत्तिले समस्या भएको उनले बताए ।

जसका कारण चाहाना पूरा गर्न दोस्रो विवाह गर्ने तथा फरक बाटो रोज्ने गरेको पाईएको उनले जानकारी गराए । न्यायाधीश लामिछानेले विवाह गरेर गएको घरमा महिलाले एक खालको अपेक्षा राख्ने तर आर्थिक अभावका कारण कतिपय अपेक्षाहरू पूरा नहुने भएकाले सम्बन्ध विच्चेद हुने गरेको बताए । चाहानाहरू पूरा नहुँदा अर्काेतिर पूरा हुने देखिए पछि सम्बन्ध तोड्ने गरिएको उनले जानकारी गराए ।

सम्बन्ध बिच्छेद सम्बन्धी मुद्धा बढ्दै जानथालेपछि बुद्धिजिवी र कानुन ब्यवसायीले चिन्ता ब्यक्त गरेका छन् । नेपाल बार एशोसिएशन कैलालीका पुर्व अध्यक्ष शिद्धराज ओझाले सम्बन्ध बिच्छेदका लागि अदालत पुग्नेहरु सबै पीडित नभएको बताए । सामान्य घर झगडाले अदालत सम्म पुग्ने गरेका घटनाहरु पनि भएको ओझाले जानकारी गराए । कतीपयलार्ई सम्झाएर पठाउने गरेको बताउदै ओझाले बिवाह गरेको दुई, तिन बर्ष नपुग्दै सामान्य झगडामा सम्बन्ध त्याग्न अदालत पुग्ने गरेको बताए ।

केही महिला तथा पुरुष वास्तविक पीडित भएर अदालत पुग्ने गरेको बताउदै उनले उनीहरुले न्याय पाउनुपर्ने बताए । सगैं जिउने र मर्ने कसम खाएका जोडीहरु दुई बर्षमै सम्बन्ध त्याग्न सम्म पुग्नु समाजका लागी राम्रो संकेत नभएको बताउदै उनले सामाजिक सञ्जालका कारण पनि धेरै सम्बन्धहरु बिग्रिने गरेको बताए । श्रीमान, श्रीमती बिच सामान्य बिवादले पनि अदालत धाउने प्रबृती बढ्दा बिवाह गरेको ४–५ बर्षमै जोडिहरु छुट्टिने क्रम बढेको उनले जानकारी गराए ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो