भरत दास,भदौ ०५ डोटी । डोटीको शिखर नगरपालिका वडा नम्बर १० मा रहेको मामा भान्जा सुन चाँदी गहना पसलको १३औं वार्षिक उत्सवमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
शिखर नगरपालिका वडा नम्बर १० भित्र रहेका सात वटा विद्यालय सिद्धेश्वर माद्यामिक बिध्यालय ,आदर्श प्राथमिक विधालय , बान्डोरिसैन माद्यामिक विधालय , भुमरीमा आधारभुत विधालय ,भवानी आधारभुत विधालय ,सरस्वती आधारभुत विधालय र भैरव आधारभुत विधालयका आठ वटा जेहेन्दार गरिव विद्यार्थीलाई मामा भान्जा सुनचाँदी गहना पसल लेखिएको आठ वटा स्कुल झोला १० वटा कापी ९ वटा कलम वितरण गरिएको हो ।
१२ वर्ष सफल्ता पुर्वक पार गरी १३ औं वर्षमा प्रबेस गरेको उपलक्ष्यमा शैक्षिक सामग्री वितरण गरिएको बताइृउको छ । वार्षिकोत्सब कार्यक्रममा मामा भान्जा सुनचाँदी गहना पसलका संचालक दिपक सदासंकरको अध्यक्षतामा सम्पन्न भएको थियो भने राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रिय अध्यक्ष प्रेम बिसि प्रमुख अथिती रहेका थिए । त्यसैगरी दलित सेवा संघ डोटीका अध्यक्ष किश्वर दियाली विश्वकर्मा विशिस्ट अतिथि रहेका थिए ।
मीना बिकले स्वागत मन्तव्य राख्दैे मामा भान्जा सुनचाँंदी गहना पसलले प्रकृति प्रकोप होस् या अन्य दुर्घटना सबैभन्दा पहिले पुगेर सामाजिक कार्य गर्दै आएको बताउदै आफू खुसी भएको बाताइन । वार्षिक उत्सव तथा शैक्षिक साम्री वितरण कार्यक्रम बोल्दै प्रमुख अतिथि प्रेम बिसिले मान्छे मान्छेका बीच विभेद गर्ने देशमा विकास हुन नसक्ने बताउदै नेपाल विकास नहुनुको एउटा मुख्य कारण जातीय विभेद भएको बताए ।
१९१० को मुलुकी ऐनमा प्रष्ट रुपमा पानी चल्ने र नचल्ने भनेर जात बिभाजन गरेको बताउदै उनले बाहुन क्षेत्रीको पानी चल्ने तर दलित समुदाय भित्र विक दमाई सार्की गाइनेको एक आपसमा पानी नचल्ने भन्ने प्रष्ट लेखिएको बताए । यस्तो लेख्नुको कारण दलित समुदाय बीच भित्र विभेद गाराउने एक आपसमा यिनीहरु लडि रहुन भने भएको उनले बताए ।
दलितहरु एक भए हामी सकिन्छु भन्ने उदेश्य बोकेर दलीतलाई फुटाउने काम हुदै आएको बताए । दलित समुदाय सबै एक हुनु पर्ने बताउदै उनले आन्तरिक विभेद हटाउन पर्ने बताए । मामा भान्जा सुनचाँदी गहना पसलको उत्तरोत्तर प्रगतिको कामना र थप सामाजिक कार्यमा अग्रसर हुन प्रेरणा मीलोस भन्दै प्रमुख अतिथि बिसिले सधैं दुखी पीडितको अबिभाबक बनेको र प्रतेकको घाउमा मलम लाउँदै आएको बताए ।
त्यसैगरी सामाजिक कार्यमा अग्रसर भएर लाग्दै जाने प्रेरणा मीलोस भन्ने कामना गर्दै विषिस्ठ अतिथि दियाली विश्व्कर्माले १३ औं वार्षिक उत्सवको शुभकामना दिए । आठ वर्ष मामाको पसलमा काम गरेर शिखर नगरपालिका वडा नम्बर १० मा सानो छाप्रा मा पसल राखेर पसलको सुरुवात गरेको बताउदै अहिर्ले सबैले विस्वास गरेरको दिपक सदासंकरले बताए ।
मामा भान्जा सुनचाँदी गहना पसल दिपक सदासंकरले जिन्दगी निकै कष्टकर बिताएको र सम्पूर्ण भगवान रूपी ग्राहकहरूले गर्दा आजको अवस्थामा पुगेको बताए । शिखर नगरपालिका वडा नम्बर १० भित्र रहेका सात वटा विद्यालयका ८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पढ्न चाहने विद्यार्थीहरूलाई पैसाको अभावले विद्यालय जानबाट कोहि पनि वञ्चित नहुन भन्ने उद्देश्यकासाथ शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।
निरन्तर यो अभियान सधैं चलिरहने बताउदै उनले १३ औं वार्षिकोत्सबमा आएर कार्यक्रम भब्य र सब्य रुपमा सफल पारी दिएकोमा सम्पूर्णलाई धन्यवाद दिए । महिला दिदीबहिनीकोहरु माहान चाड हरितालिका तिजको अवसरमा एक तोला सुनका गहना बनाउनेलाइ चाँदीको औंटि र ज्यालामा भारी छुट समेत गरेको उनले बताए ।


