साउन ०९ धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घले महिला उद्यमीहरूका लागि बैंकिङ्ग सचेतना कार्यक्रम सञ्चालन गरेको छ । आफ्नो उद्योग व्यवसाय सञ्चालन र प्रवर्धन गर्न सहयोग पुग्ने उद्देश्यले बैंकिङ्ग सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
महिला उद्यामीहरुलाई व्यवसाय सञ्चालन गर्दा आर्थिक समस्या समाधान हुने विश्वास यो कार्यक्रमबाट गरिएको छ । कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य कृष्णा विष्टको अध्यक्षता रहेको थियो ।
महिला उद्यमी कर्जा सम्बन्धी जानकारी ग्लोबल आईएमई बैङ्क धनगढी चौराहा शाखाका बैङ्कर्स दुर्गा मिश्र,सदिक्षा कलौनी र दिप्ती भट्टले दिएका थिए । साथै उनीहरूले आफ्नो बैङ्कले सिङ्गल डिजिटमा कर्जा उपलब्ध गराउने समेत बताएका छन । कार्यक्रममा ३५ जना महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।
Post Views: 132


