साउन ०७ धनगढी । कैलालीमा दुई सय ८९ उद्योग बन्द भएका छन् । कैलालीमा सञ्चालित दुई सय ८९ वटा घरेलु तथा साना उद्योग बन्द भएका हुन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यस“ग प्रतिस्पर्धा गर्न नसक्नु लगायतका कारणले उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले खाने तेल, सिमेन्ट ब्लक, पोल्ट्रीफार्म, ब्युटीपार्लर जस्ता घरेलु उद्योग बन्द भई खारेजीमा परेको जानकारी गराए ।
पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको बताउदै उनले महिलाका नाममा प्राइभेट फार्म दर्तामा छूटको व्यवस्था गरिएस“गै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको बताए । कैलालीमा हालसम्म १५ हजार चार सय ८६ उद्योग दर्ता भएको जानकारी गराउदै जोशीले अहिलेसम्म उत्पादनमूलक तीन हजार दुई सय आठ, कृषि सम्बन्धी छ हजार पा“च सय १४, निर्माण सम्बन्धी दुई, पर्यटनमूलक ६५, सूचना प्रविधिमूलक १२, सेवामूलक पा“च हजार छ सय ८५ गरी १५ हजार चार सय ८३ उद्योग दर्ता भएको बताए ।
अहिलेसम्म दर्ता भएका उद्योगमा २५ अर्ब ७० करोड ३७ लाख लगानी प्रस्ताव गरिएको उनले जानकारी गराए । त्यसैगरी नौ हजार दुई सय ११ जना महिला र ६९ हजार छ सय ५७ जना पुरुषलाई रोजगारी प्रस्ताव गरिएको उनले जानकारी गराए । गत आर्थिक वर्ष २०८०÷८१ मा उत्पादनमूलक एक सय ३५, कृषिमूलक तीन सय २३, सेवामूलक दुई सय ५६ गरी जम्मा सात सय १४ उद्योग दर्ता भएको लेखा अधिकृत जोशीले बताए ।
गत आर्थिक वर्षमा एक करोड ७७ लाख ४४ हजार सात सय ७७ राजस्व सङ्कलन भएको उनले बताए । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा एक हजार एक सय सय ९७ उद्योग दर्ता भएकोमा कार्यालयले ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको लेखा अधिकृत जोशीले बताए ।
अघिल्ला आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष २०८०÷८१ मा उद्योग दर्तामा कमि आएको छ । लेखा अधिकृत जोशीले अघिल्लो आर्थिकवर्षको तुलनामा गत आर्थिक बर्ष २०८०÷८१ मा करको दर बढेस“गै वाणिज्य कार्यालयले दर्ता गर्ने पसल लगायतका काम गत आर्थिक बषदेखि घरेलु तथा साना उद्योग कार्यालयले गर्दा राजश्व सङ्कलनमा वृद्धि भएको जानकारी गराए ।


