असार ०७ धनगढी । धनगढीको एक होलसेल पसलमा आगलागी हुँदा साढे र्दुइ करोडको क्षती भएको छ । बिहीबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर–४ स्थित जिएस ट्रेडर्समा आगलागी हुँदा साढे र्दुइ करोडको क्षती भएको हो ।
विद्युतको तार सर्ट भएर आगलागी हुँदा पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएको कैलाली होलसेल व्यवसायी संघका अध्यक्ष देवराज पाण्डेले बताए ।
श्यामकृष्ण खतिवडाको उक्त होलसेल पसलमा भएको आगलागीबाट साढे २ करोडको रेडिमेट सामान, लुगाकपडाहरु जलेर नष्ट भएको पाण्डेले बताए । उनका अनुसार दुई दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।
Post Views: 96


