"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये ८७ वटा स्थानीय तहमा बैंक विस्तार

No data was found

Khabar Raftar

जेठ १८ धनगढी । सुदूरपश्चिम प्रदेशका कुल ८८ वटा स्थानीय तहमध्ये ८७ वटा स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्थाको विस्तार भएको छ । ८८ वटा स्थानीय तहमध्ये ८७ वटा स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्थाको विस्तार भए पनि बझाङको विकट स्थानीय तह साइपाल गाउँपालिकामा भने बैंक स्थापना हुन सकेको छैन । उक्त गाउँपालिकामा बैंक शाखा विस्तार गर्ने बजेट मार्फत सरकारले घोषणा गरेको छ । साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा विस्तार गर्ने अन्तिम तयारी गरेको बताइृउको छ । त्यसका लागि बैंकले आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा रहेकोे बैंकका उपमहाप्रबन्धक आशुतोष शर्माले जानकारी गराएका छन ।

छिट्टै शाखा विस्तार गर्न सकेमा साइपालमा बैंक शाखा विस्तार गर्ने एभरेष्ट नै पहिलो बैंक हुने उनले बताए । राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएको भए पनि सडक, सञ्चार, सुरक्षा लगायतका पूर्वाधार स्थानीय स्तरसम्म उपलब्ध नभएकाले एभरेष्ट बैकले शाखा नखोलेको उनले बताए । पूर्वाधार विस्तार हुँदै गएकाले बैंकले शाखा विस्तारका लागि प्रक्रीया बढाएको उनले बताए । साइपाल गाउँपालिका प्रमुख मानविर बोहराले आगामी आर्थिक वर्षको बजेटमा सरकारले साइपालमा बैंक शाखा पुगाउने घोषणा गरेको बताउदै साइपाल बाहेक सबै स्थानीय तहमा बैंक शाखा पुगिसकेको बताए ।

यस पटकको बजेटमा सरकारले साइपालमा बैंक शाखा विस्तार गर्ने योजना सार्वजनिक गरेकाले अब बैंक पुग्ने अपेक्षा गरिएको उनले बताए । संघीयता लागु भएपछि हरेक पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगे पनि साइपाल गाउँपालिकामा नपुगेको उनले बताए । आफ्नो पालिकामा बैंकको शाखा नहुँदा साइपालबासी करिब चार दिन पैदल यात्रा गर्दै सदरमुकाम चैनपुर पुगेर कारोबार गर्न बाध्य भएको उनले बताए । साइपाल गाउँपालिकाका प्रतिनिधिले यसअघि आफ्नो गाउँपालिकामा शाखा विस्तार गर्न बैंकहरूलाई आग्रह गर्दै आए पनि सफल नभएको उनले बताए ।

बैंक स्थापना गर्न सकिने–नसकिनेबारे स्थलगत अध्ययन गर्न राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाको नेतृत्वमा उपनिर्देशक टीकाराम तिमिल्सिना, सहनिर्देशक उत्तम गौनी, एभरेष्ट बैंकका उपमहाप्रबन्धक शर्मा र एभरेष्ट बैंककै बझाङ शाखा प्रमुख कुमार थिङसहितको टोली साइपाल गाउँपालिकाको केन्द्र काँडासम्म पुगेको उनले जानकारी गराए । टोलीले साइपालमा बैंक स्थापना गर्न सम्भव भएको निष्कर्ष निकाले पछि काम अगाडि बढाइएको उनले जानकारी गराए ।

बैंकले साइपालमा शाखाका लागि आवश्यक पूर्वाधार बनाउन सामान लैजान सुरू गरिसकेको उनले बताए । केही समयमै साइपालमा एभरेष्टको बैंक पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख बोहराले बताए । एभरेष्ट बैंकका उपमहाप्रबन्धक शर्माले शाखा विस्तारका लागि साइपालमा स्थलगत अवलोकन समेत गरिसकेको र अहिले आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा रहेको बताए । साइपालमा अहिले पुराना घरहरू रुपान्तरण भएर नयाँ पक्की घर बन्ने क्रममा रहेको र इन्टरनेटको पनि पहुँच पुगेकाले शाखा विस्तार गर्न पूर्वाधारहरू तयार भइरहेको उनले जानकारी गराए ।

सरकारी कारोबार स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिइसकेको बताउदै उनले स्वीकृति प्राप्त भइसकेपछि शाखा विस्तारको कामले मूर्त रूप पाउने बताए । साइपाल गाउँपालिका कार्यालय वडा नम्बर ३ मा भए पनि बैंकको शाखा कार्यालय वडा नम्बर १ मा राख्ने तयारी भइरहेको अध्यक्ष बोहराले बताए । तीन हजार भन्दा बढी नागरिक साइपाल गाउँपालिकामा बसोबास गर्ने गरेको बताउदै उनले उनीहरूमध्ये करिब ७ सयले मात्रै विभिन्न कामको शिलशिलामा बैंक खाता खोलेको जानकारी गराए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण