जेठ १४ धनगढी । जिल्ला अदालत कञ्चनपुर र कैलालीको फरार सूचीमा रहेका एक जना युवती सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुर र कैलालीले फरार सूचीमा राखेका एक जना युवती, एक जना किशोर र पाँच जना युवक गरी ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले आइतबार वन मुद्दामा २६ हजार ५ सय ३० रुपैयाँ जरिवाना ठहर गरेका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–९ का ४० वर्षीय पुरन रानालाई पक्राउ गरेको हो । त्यसैगरी अर्काको परिक्षा दिएर दोषी ठहर भई २५ हजार जरीबाना ठहर भएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–३ का २३ वर्षीय विकास जैशी र अर्काको परिक्षा दिएर २५ हजार जरीबाना ठहर भएका पुनर्वास नगरपालिका वडा नम्बर–८ की २२ वर्षीया सिमा तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरीै अर्काको परिक्षा दिएर २५ हजार जरीबाना ठहर भई फरार भएका अछामको मेल्लेख गाँपालिका वडा नम्बर–६ का १८ वर्षीय एक किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ । अर्काको परिक्षा दिएर २५ हजार जरीबाना ठहर भएका मेल्लेख गाउँपालिका वडा नम्बर–६ का ३० वर्षीय कृष्ण बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै बैकिङ् कसुर मुद्दामा एक हजार जरिबाना ठहर भएर फरार भएका गोदावरी नगरपालिका वडा नम्बर–२ का ३१ वर्षीय नेत्र कामीलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी कञ्चनपुरमा लागुऔषध मुद्दामा चार महिना १० दिन कैद सजाय र २ हजार जरिबाना ठहर भएर फरार भएका भीमदत्त नगरपालिका वडा नम्बर–२ का २५ वर्षीय लोकेश शाहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको छ ।