"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सेवा विस्तारसंगै प्रभावकारी बनाउन सेती प्रादेशिक अस्पतालको जोड

Khabar Raftar

जेठ १४ धनगढी । सेती प्रादेशिक अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै आएको छ । सङ्घीयता पछि अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल भई सकेपछि विभिन्न उपकरण थप्दै गएको अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै आएको हो । अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अस्पतालले एमआरआई सेवा सुरु गरेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अस्पतालले एमआरआई मेसिन खरिद गरेर सेवा सुरु गरे पछि चर्को शुल्क तिरेर एमआरआई गर्नुपर्ने बाध्यता हट्ने भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले आईतबार देखि पूर्णरुपमा एमआरआई सेवा सुरु गरेको जानकारी गराए । यसअघि परीक्षणका रुपमा सुरु गरिएको बताउदै उनले आईतबारबाट सेवा सुरु भए पछि धेरै बिरामी लाभान्वित हुने उनले बताए । शुल्क पनि बाहिरको भन्दा ५० देखि ६० प्रतिशत कम भएको बताउदै उनले स्वास्थ्य बीमा गराएकाले एमआरआई गर्नु परे छुट्टै शुल्क बुभाउनु नपर्ने जानकारी गराए ।

एमआरआई मानिसको अङ्ग र तन्तुको सामान्य अवस्थाको बनावटमा खराबी हुँदा कस्तो हुन्छ भन्ने पत्ता लगाउने पछिल्लो प्रविधि भएको बताउदै उनले यसबाट शरीरमा लागेको चोटपटक, क्यान्सर, स्नायु, टाउको लगायतका विभिन्न अङ्ग र तन्तुको अवस्था पत्ता लगाउन सजिलो हुने बताए । सङ्घ र प्रदेश सरकारको झण्डै १६ करोड लागतमा एमआरआई मेसिन खरिद गरिएको उनले जानकारी गराए । सेती अस्पतालमा सिटिस्क्यान सेवा पनि सञ्चालनमा रहेको जानकारी गराउदै उनले सिटिस्क्यान सुरु भएको डेढ वर्ष भएको बताए ।

अहिलेसम्म आठ हजार बिरामीको सिटिस्क्यान गरिसकेको बताउदै उनले दैनिक २० देखि ४० जनाको हाराहारीमा सिटिस्क्यान हुने गरेको बताए । यसमा पनि बाहिरको भन्दा ४० देखि ६० प्रतिशत कम शुल्क लिने गरेको उनले जानकारी गराए । त्यसैगरी विकास समितितर्फ ७५ शय्या गरी एक सय २५ शय्याको स्वीकृति भए पनि बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालमा हाल तीन सय शय्या सञ्चालन भइरहेको उनले जानकारी गराए ।

हाल अस्पतालमा २० वटा मेसिनबाट डायलासिस सेवा दिँदै आएको जानकारी गराउदै उनले दैनिक ४० देखि ५० जनाले डायलासिस सेवा लिने गरेको बताए । त्यसैगरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले सेवा विस्तारसँगै अस्पतालको स्तरवृद्धिलाई पनि प्राथमिकता दिएको बताए । तीन सय शय्यामा स्तरोन्नतिका लागि पहल गरिरहेको जानकारी गराउदै उनले सेवालाई अझै सुधार गर्दै व्यवस्थित बनाउँदै लैजाने योजना रहेको अध्यक्ष शाहले जानकारी गराए ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो