"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आगलागी पीडितका घर टहरा बनाउन जुटे नेकपाका नेता कार्यकर्ता

No data was found

Khabar Raftar

जेठ ०२ धनगढी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङका नेता कार्यकर्ताहरु राजपुरका आगलागी पीडित जनताका घर टहरा बनाउन जुटेका छन । बुधबार देखि नेपाल कम्युनिस्ट पार्टी दाङका नेता कार्यकर्ताहरु राजपुरका आगलागी पीडित जनताका घर टहरा बनाउन जुटेका हुन ।

नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा सुरु गरिएको आगलागी पीडित जनताका घर टहरा निर्माणमा २५ जना नेता कार्यकर्ताहरुको सहभागीता रहेको जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वलीले जानकारी गराए । पीडितका घर निर्माणमा नेता कार्यकर्ताहरु सहभागी भएको बताउदै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविनले निस्वार्थ भावले जनताको सेवामा लागेको बताए ।
उनले जनताका दुख , पीडामा नेपाल कम्युनिस्ट पार्टी पुग्ने गरेको बताउदै जनताको सुख दुखको एकमात्र साथी नेपाल कम्युनिस्ट पार्टी भएको बताए ।

राजनीति जनताको सेवा गर्नलाई भएको बताउदै उनले जनतालाई सेवा गर्नु सिवाय अर्को उद्धेश्य नभएको बताए । जनताको सेवा गर्नु कर्तव्य भएको बताउदै उनले चुनावका बेला संसदवादीहरुले जनतालाई गुलिया सपना बाडे जस्तो नेकपाले नगर्ने बताए । जति गर्न सक्छौं त्यती गर्न श्रम शिविर चलाएको बताउदै उनले जनतालाई एउटा त्रीपालमुनि राख्न नसक्ने राज्यको कुनै काम नभएको बताए । राजपुरका जनता दुखमा हुँदा पार्टी टुलुटुलु हेरेर बस्ने कुरा नभएकाले सुरुमै नगद राहत हस्तान्तरण गरिसकेको बताउदै उनले श्रम शिविर चलाएर जनताका घरटहरा बनाउन लागेको बताए ।

नेता सविनले आगलागी पीडितका घर निर्माणमा पार्टीका नेताकार्यकर्तालाई परिचालन गरिएको बताए । नेकपा दाङले प्रत्येक पालिकाबाट ३ जना नेताकार्यकर्तालाई अनिवार्य श्रम शिविरमा परिचालन गर्ने जानकारी गराउदै उनले बुधबारबाट सुरु भएको श्रम शिविरमा लमही , घोराही , तुलसीपुर र शान्तीनगरबाट २५ जना नेताकार्यकर्ताहरुको सहभागीता रहेको जानकारी गराए । नेकपा दाङले यसअघि राजपुर – ७ हाटवासका आगलागी पीडित जनतालाई नगद राहत २८ हजार पाँच सय रुपैँया हस्तान्तरण गरिसकेको उनले जाानकारी गराए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण