बैशाख ३० धनगढी । कैलालीको धनगढीमा नेपाल प्रहरीको पेट्रोल पम्प सञ्चालनमा आएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर–२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय नजिकै पेट्रोल पम्प सञ्चालनमा आएको हो । निर्माण सम्पन्न भएको पेट्रोल पम्पको औपचारिक उद्घाटन एक महिना भित्रै हुने प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख डीआइजी रविन्द्र केसीले जानकारी गराए ।
पम्पसहित धनगढीको प्रहरी गण र महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको भवन पनि सँगै उद्घाटन हुने उनले जानकारी गराए । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको धनगढीको उक्त नमूना पेट्रोल पम्पले २४ घण्टा सेवा प्रदान गर्ने उनले जानकारी गराए । एक विघा १८ कट्टा जमिनमा निर्माण गरिएको पेट्रोल पम्प निर्माणमा साढे ७ करोड रुपैयाँ लागत लागेको उनले जानकारी गराए ।
Post Views: 62