"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले जेठ ३ गते विश्वासको मत लिने

Khabar Raftar

बैशाख ३० धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी जेठ ३ गते विश्वासको मत लिने भएका छन् । वैशाख ६ गते नियुक्त भएका मुख्यमन्त्री सोडारीले जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ । उनले सोही अनुसार जेठ ३ गते विश्वासको मत लिने भएका हुन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

यसअघि मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिन संसद्को बैठक पनि आह्वान गराएका थिए । नेकपा एमालेले तत्काल विश्वासको मत दिन नसकिने भन्दै अडानमा बसेपछि बैठक स्थगित गरिएको थियो । भोलिपल्ट २२ गते पुनः बैठक आह्वान गरियो भए पनि पुनः सल्लाह नगरी बैठक राखेको भन्दै एमाले रोकिदिए पछि संसद् बैठक अनिश्चित बन्न पुगेको थियो ।

मुख्यमन्त्री सोडारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको संवादपछि विश्वासको मत लिने तयारीमा लागेका बताइएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिचको छलफल पछि प्रधानमन्त्रीले जेठ ३ गते विश्वासको मत लिने तयारी भई रहेको जानकारी गराए ।

नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका उपनेता सन्तोष कुमारी शर्मा थापाले भने जेठ ३ गते विश्वासको मत लिनेबारे आफूहरूबिच कुनै छलफल नभएको जानकारी गराएकी छिन ।

भर्खरै

अढाई वर्षदेखि घोडाघोडी पन्छी अभय आरण्य क्षेत्र अलपत्र
पुरानो लुगाबाट झोला बनाउँदै धनगढीको पञ्चोदयका विद्यार्थीहरु
हुलाकी राजमार्गको धनगढी–राजापुर–शान्ति बजार सडक खण्डमा बस सेवा सुरु
सुदूरपश्चिम प्रदेशका ४४ जना कर्मचारीको सरुवा
सेती लोकमार्गमा पर्ने डोटीको बडिकेदार गाउँपालिका –३ ओखलढुङ्गा क्षेत्रमा रुख कटानीको काम अलपत्र
बैतडीको दशरथ चन्द –४, तिरगाउँका ३० जना युवाहरु, तिहारको मुखैमा बालबच्चा सहित भारत पलायन
बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
चाँडबाडलाई मौलिक रुपमा मनाऔ
दलित शसक्तिकरण ऐन संशोधनको प्रस्ताव अस्विकार, कार्यान्वयन गर्न माग
बैतडीमा एक बर्षको अबधीमा ३८ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता

धेरै कमेन्ट गरिएको

अढाई वर्षदेखि घोडाघोडी पन्छी अभय आरण्य क्षेत्र अलपत्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?