बैशाख २४ कञ्चनपुर । कञ्चनपुरमा कुटपिट मुद्धाका फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको २०७८ पुस २८ गतेको फैसलाले कुटपिट मुद्धामा ३ महिना १० दिन कैद सजाय सुनाए पछि फरार रहेका कञ्चनपुरको बेलडाँडी गाउँपालीका वडा नम्बर ३ खैरीघाटका गणेश पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मातहत रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले घरमै लुकी छिपी बसीरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो । कञ्चनपुर जिल्ला अदालतमा पेश गरी उनलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जानकारी गराएको छ ।
Post Views: 47