बैशाख २४ धनगढी । सुदूरपश्चिम प्रदेशमा साउन देखि अहिले सम्म भएका ४ सय २४ वटा विपदका घटनामा परी २५ जनाको मृत्यु भएको छ । उक्त अबधीमा भएका ४ सय २४ वटा विपदका घटनामा परी १४ महिला सहित २५ जनाको मृत्यु भएको हो । आगलागी, सर्पदंश, चट्याङ, जनावर आतङ्क, पहिरो, भूकम्प, बाढी, लेक लाग्नु, हावाहुरी लगायतका घटनामा परी १४ जना महिला र ११ जना पुरुष गरी २५ जनाको मृत्यु भएको हो ।
सबैभन्दा बढी आगलागीका घटनामा परी ८१ जना महिला घाइते भएका छन् भने ५८ जना पुरुष घाइते भएका छन् । ४ सय २४ वटा विपदका घटनामा १ सय ४९ जना घाइते भएका छन । घटनाबाट ४ हजार ४५ परिवार प्रभावित बने छन । विपदका घटनाबाट १ सय १९ घर पूर्ण र ७ सय ३९ घरमा आंशिक क्षति पुगेको बताइएको छ । साथै ७५ वटा गोठमा नोक्सानन भएको छ भने दुई सय ३० पशुचौपायामा क्षति पुगेको छ । प्रदेशभित्र मानवीयसँगै भौतिक क्षति पनि डरलाग्दो रुपमा बढेको छ ।
सबैभन्दा बढी आगलागीका घटनाबाट पाँच करोड ७१ लाख १९ हजार ७ सय मूल्यको धनमाल जलेर नष्ट भएको छ । चट्याङबाट ६० हजार, जनावर आतङ्कबाट दुई लाख ५० हजार, हावाहुरीबाट ३० लाख, भारी वर्षाबाट ९ लाख ६ हजार र जंगल आगलागीबाट २३ लाख ६० हजारको नोक्सान भएको प्रदेश आपतकालिन कार्यसञ्चालान केन्द्र धनगढीको अनुमान रहेको छ । अहिलेसम्म ६ करोड १० लाख ४९ हजार ७ सयको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।