"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको जनज्योति महिला सहरकारी संस्था बन्द भए पछि बचत कर्ता समस्यामा

No data was found

Khabar Raftar

चैत्र १७ बाजुरा । बाजुराको जगन्नाथ गाउँपालीकामा रहेको जनज्योति महिला सहरकारी संस्था बन्द भए पछि बचत कर्ता समस्यामा परेका   छन । आर्थिक अवस्थालाई मजबुत बनाउने उद्देश्यले २०६८ साल कात्तिक २८ गते देखि सुरु भएको जनज्योति महिला सहरकारी संस्था बन्द भएपछि बचत कर्ताहरुले बचत पाउन नसक्दा समस्यामा परेका हुन । सहकारी संस्थाको उद्देश्य अनुसार काम गरेर आर्थिक कारोबार चुस्त दुरुष्त राख्दै आएका केही संस्थाले आफ्नो आर्थिक कारोबार राम्रोसँग चलाउदै आएका भए पनि अधिकाशं सहकारी संस्था बन्द हुदै गएको अबश्थामा जनज्योति महिला सहरकारी संस्था पनि बन्द भएपछि बचत कर्ताहरुले बचत माग्न थालेका भए पनि उनीहरुले पाउन नसकेका    हुन । जगनाथ गाउँपालिकामा केही समय अघि निकै चर्चामा आएको जनज्योति महिला सहरकारी संस्था बन्द भए पछि सयौ महिला सदस्यहरुको बचत रकम डुबेको छ ।

उनीहरुबाट पैँसा उठाउदै आएको सहकारी संस्था बन्द भएपछि स्थानीय महिलाहरुले आफुले जम्मा गरेको बचत समेत पाउन सकेका छैनन । सहकारीको भवन समेत जीर्ण बन्दै गएको बताईएको छ । २०६८ साल कात्तिक २८ गते देखि सुरु भएको उक्त महिला सहकारी संस्थाको कारोबार २०७८ साउँन ८ गतेबाट रोकिए पछि महिलाहरुले सहकारीलाई बचत माग्न सुरु गरेका भए पनि उनीहरुले पाउन सकेका छैनन । सहकारीको कारोबार नहुँदा सहकारीको भवन समेत जीर्ण बन्दै गएको र संस्थाका कागजात समेत हराउँदै गएको बताइएको छ । जगनाथ गाउँपालिका वडा नम्बर –१ लुमाका केपी सार्कीले लगानी गर्दै आएको सहकारीको रकम असुली नभए पछि जनज्योती महिला सहकारी संस्था अहिले बन्द हुन पुगेको बताए ।

सहकारी संस्था सञ्चालन नहुँदा भवन समेत जीर्ण बन्दै गएको बताउदै उनले महिलाहरुले जम्मा गरेको बचत रकम समेत नपाएको जानकारी गराए । आफ्नी आमा र श्रीमतिले साँगको मुठा बेचेर सहकारी संस्थामा पैसा जम्मा गरेको बताउदै उनले बचत मात्र माग्न जाँदा सहकारीका अगुवाहरुले उल्टै झपारेर फर्काउने गरेको सार्कीले बताए । जनज्वोती महिला सहकारी संस्थामा साविकको जगनाथ गाविसका १ देखि ९ सम्मका ३ सय ३२ जना महिलाहरुको झण्डै १२ लाख भन्दा बढी रकम जम्मा रहेको उनले बताए । १ सय ५० जनाले रकम लिएको र अन्यले आफ्नो बचत समेत नपाएको संस्थाका अन्य महिला सदस्यले बताएका छन । जनज्योती सहकारी संस्थाका अध्यक्ष मायादेवि बोगटीले दुइ सय बत्तीस जना सदस्य रहेको उक्त सहकारी संस्थामा एघार जनाको कार्यसमिति रहेको बताउदै पटक पटक बैठक बसाल्न खोज्दा पनि कोही नआउने भए पछि संस्था बन्द हुन पुगेको बताइन ।

बचत गरेको रकमलाई सदस्यहरुमा लगाउनी गरेको बताउदै उनले उनीहरुले लामो समय सम्म त्यो रकम रोकिदिए पछि संस्थाका अन्य सदस्यको बचत फिर्ता गर्न समस्या भएको बताईन । साविकको जगनाथ गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका महिलाहरुले जम्मा गरेको रकमलाई श्रmृण लगानी गरेको बताउदै रकम असुली नभएपछि संस्था बन्द भएको अध्यक्ष बोगटीले बताइन । बीस रुपिँया बचत गर्ने सदस्यको १६ देखि १८ हजार र एक सय रुपिँया जम्मा गर्ने सदस्यहरुको पैँतीस हजार , एक हजार जम्मा गर्ने सदस्यको तीस हजार रुपिँया सम्म रकम पुगेको बताउदै उनले सबै रकम लगानी लगाएको बताईन । लगानी गरेको रकम अहिले सम्म असुली नभएकोले बचत फिर्ता गर्न समस्या भएको अध्यक्ष बोगटीले जानकारी गराईन ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए