"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणदर बढ्दो

No data was found

Khabar Raftar

चैत्र ०९ धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको संक्रमण दर बढ्दो क्रम्मा रहेकोे छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस संक्रमित भेटिए पछि बढ्दो क्रम्मा रहेको पाईएको हो । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको संक्रमण देखिएको थियो । कोरोना संक्रमित बढ्दै गए पनि यो रोगको रोकथाम र निगरानीका लागि चासो दिएको देखिएको छैन । कोरोना भाइरसको संक्रमण बढेको भए पनि यसको रोकथाममा त्यति चासो नदेखाइएको गौरीफन्टा सीमानास्थित ‘हेल्थ डेस्क’का अहेब गणेश साउदले बताए ।

हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरानाको नमुना जाँच हुने गरेको छ । देशका अरु नाकामा यो रोगका संक्रमित देखिएका छैनन्, सुदूरपश्चिमका नाकामा कोरोनाका बिरामी फेला परेको उनले बताए । कोरोनालाई नागरिकले सामान्य रुपमा लिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनमा चासो नदिने गरेको पाइएको उनले बताए । धनगढीका स्थानीय लेखराज ओझाले कुनै समयमा गाउँमा हैजा, झाडापखाला लाग्दा रोगी नजिक जानु नहुने र रोगबाट जोगिन स्वस्थ्य व्यक्ति गाउँनै छोडेर सुरक्षित भएर बस्नुपर्ने अवस्था भएको बताउदै नागरिकले अहिले कोरोनालाई पनि सामान्य रोग जस्तै लिन थालेको हुन सक्ने बताए ।

पछिल्लो हप्तामा सुदूरपश्चिम प्रदेशका सीमा नाकाहुँदै भित्रिने नागरिक मध्ये शंकास्पद छ सय २० को एन्टिजेन विधिबाटको नमुना जाँच गरिएको बताइएको छ । सिकिस्त अवस्थाका कोरोना संक्रमित फेला नपरेको अहेब साउदले बताए । कोरोनाको लक्षण देखिएकालाई घरमै छुट्टै आइसोलेशनमा बस्न सल्लाह दिएर पठाउने गरेको उनले बताए । हेल्थ डेस्कमा कोरोनाको नमुना जाँच गर्ने कीट, लगायतका सामग्री अपर्याप्त भएको उनले बताए । प्रदेशमा विगतमा कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि बनाइएका क्वारेन्टाइन र होल्डिङ सेन्टर प्रयोग विहीन अवस्थामा रहेका छन् ।

गौरीफन्टा, गड्डाचौकी, लगायतका सीमा नाका हुँदै भित्रिने नागरिकमा कोरोना संक्रमण देखिने गरेको उनले बताए । गएको पुस अघिको आठ÷दश महिना शून्य रहेको कोरोना संक्रमण गत पुस महिना देखि पुनःदेखिन थालेको उनले बताए । हेल्थ डेस्कका कर्मचारीलाई गत साउन देखिको तलब परिश्रमिक समेत खान नपाएको साउदले बताए । तलब नपाउँदा कर्मचारीले पीडाबोध गरिरहेको बताउदै उनले हेल्थ डेस्कमा एन्टिजेन कीट, मास्क लगायतका सामग्री पनि पर्याप्त नहुँदा काम गर्ने मनोबल घटेको बताए । सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले कोरोना संक्रमण रोकथामका लागि निरन्तर निगरानी भइरहेको बताए । उनले यो मौसममा भाइरलको समस्या बढ्ने भएकोले सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सचेतता अपनाउन जरुरी भएको बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण