चैत्र ०५ धनगढी । कैलालीको गोदावरी नगरपालिका सुरु गरिएको आल्मूनियम फेब्रिकेटर तालिम सम्पन्न भएको छ । व्यवसायिक तथा सिप विकास तालीम केन्द्र धनगढी र गोदावरी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित ९० दिने अर्थात ३ सय ९० घण्टे आल्मूनियम फेब्रिकेटर तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रम्मा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले गोदावरी नगरपालिकाले विभिन्न सीप मुलक तालिमहरु प्रदान गरी यूवाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताए । उनले स्थानिय सरकारले सबै क्षेत्र र वर्गका
३ महिने आल्मूनियम फेब्रिकेटर तालिमबाट सिकेको कुरा व्यवहारमा लागु गर्नु अनुरोध गर्दे उनले तालिम सिकेका यूवाहरुलाई कुनै पनि काम गर्नका लागि स्थानिय सरकारले सहयोग गर्ने प्रतिवद्वता जाहेर गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका रोजगार संयोजग रोहित प्रसाद जोशीले ९० दिने आल्मूनियम फेब्रिकेटर तालिम उपलब्धी मुलक भएको बताउदै तालिमबाट नगरपालिका भित्र रहेको यूवाहरुलाई कसरी स्वरोजगार बनाउने, रोजगार सेवा केन्द्र मार्फत विभिन्न किसिमका सीपमूलक तालिमहरूका लागि समन्वय तथा सहजिकरण गर्ने, सीप परीक्षणका लागि सहजिकरण, आन्तरिक तथा वैदेशिक रोजगारीका लागि सूचना, सल्लाह, परामर्शको काम भैरहेको जानकारी दिने उद्देश्यका साथ विभिन्न किसिमका तालिमहरु गर्दै आईरहेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै सीप विकास तालिम केन्द्रका प्रतिनिधि प्रकाश बोहराले सीप विकास केन्द्र धनगढीले यूवाहरुलाई विभिन्न किसिमका सीप मुलक तालिमहरु दिईरहेको बताउदैै तालिममा सहभागिहरु अनुसाशित भएर सीप सिक्नु पर्ने बताए ।


