"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कालिकोटको कोटबाडामा रहेको सुनथराली विमानस्थलको उद्घाटन

No data was found

Khabar Raftar

पृथ्बी साम्यबादी,फागुन १४ कालीकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका कोटबाडामा रहेको सुनथराली विमानस्थलको उद्घाटन गरिएको छ । सोमबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेकपा निकट अखिल समाजबादीका केन्द्रिय अध्यक्ष नरेन्द्र सि, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, कर्णाली प्रदेश पूर्व मुख्य मन्त्री महेन्द्र बहादुर शाही सहितको टोलीद्वारा सुनथराली विमानस्थलको उद्घाटन गरिएको हो ।

आइतबार तारा एयरको विमान अवतरण गरेर परीक्षण गरेपछि सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्ण खड्का, नागरिक उड्डयनमन्त्री किराँती, कर्णालीका पूर्वमुख्य मन्त्री जीवनबहादुर शाही सहितको टोली सवार नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरी विमानस्थलको उद्घाटन गरिएको हो । पानसमा बत्ती बालेर विमानस्थलको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री खड्काले लामो समय पछि निकै मेहनेत र कठिन परिस्थितिका बाबजुद विमानस्थलको उद्घाटन गरिएको बताए ।

विमानस्थल निर्माणका क्रममा मारिएका एक जना नाबालक सहित ३५जना धादिङ जोगिमाराका मजदुर प्रति उनले श्रद्धाञ्जली समेत अर्पण गरेका छन । विमानस्थलको उद्घाटनसँगै अब आवश्यकता अनुसार नियमित उडानका लागि स्थानीय, प्रदेश र संघ सरकारले काम गर्ने उनले प्रतिबद्धता जाहेर गरे । त्यसैगरी नागरिक उड्डयन मन्त्री किराँतीले हप्ताको एकपटक यात्रुको चाप हेरेर उडान भर्ने बताए । कोटबाडा मात्र नभएर अहिले कर्णालीका जिल्लामा नियमित उडान हुन नसकेको बताउदै उनले यस्तो अवस्थालाई हेरेर हप्ताको एक पटक नियमित उडान भर्ने प्रतिबद्धता जनाएका छन ।

किराँतीले सबै प्रदेशमा नेपाल एयरलाइन्सको एक–एक जहाज दिने उद्घोष समेत गरेका छन । ०४२ साल देखि निर्माण कार्य सुरु भएको विमानस्थल डेढ वर्ष अघि कालोपत्रे सकिए पनि उद्घाटन नहुँदा कालीकोटवासीको चिलगाडी चढ्ने सपना पूरा हुन सकेको थिएन । ०७३ माघमा तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीले कच्ची धावन मार्गमा परीक्षण उडान गराए पनि त्यसपछि जहाजले उडान भरेको थिएन । कहिले स्थान छनोटको विवाद, कहिले बजेट अभाव त कहिले सशस्त्र द्वन्द्वको असरले कामले गति लिन नसकेको कोटबाडा विमानस्थल पछिल्लो समयमा पिच भएर पनि जहाज नआउने विमानस्थलका रूपमा परिचत थियो ।

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते