भरत दास,माघ १२ धनगढी । सुदूरपश्चिम प्रदेश कंनचनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरिया मौरीफाँटाका दीपक विश्वकर्मा र जलुदेबीका तेस्रो सन्तान हुन प्रेरणा विश्वकर्मा । उनका दुई दाजु र एक बहिनी छन् । सानैदेखि गीत संगीतमा रुची रहेकी उनी १ देखि ८ सम्म सयपत्री आधाभूत कञ्चनपुर गुलरियामा अध्ययन पछि कैलालीको गोदावरी नगरपालिका नम्बर २ मा रहेको श्री दुर्गा लक्ष्मि नमुना बिद्यालय लियमा उच्च माद्यामिक शिक्षा पढ्दै आएकी छिन ।
बुबा दीपक विश्वकर्माले छोरी प्रेणाले गोल्डेन माइक पाए पछि झन् खुसी भएको बताए । छोरीको सपना पूरा हुने विश्वास लागेको उनले बताए । एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणमा कञ्चनपुरकी प्रेरणा विश्वकर्माले पहिलो गोल्डेन माइक पाएकी छन् । सोमबार कैलालीको अत्तरियामा भएको प्रीजज राउण्डबाट छनौटमा परेका प्रतिस्पिर्धीहरूको मंगलबार धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा अडिसन भएको थियो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियाकी प्रेरणाले पहिलो गोल्डेन माइक पाएकी हुन् । योसँगै उनी टप १२ प्रतिस्पर्धीमा छनौट भएकी छिन । निर्णायकहरूले उत्कृष्ट गायन भएकाहरूलाई गोल्डेन माइक दिने गर्छन् । त्यो माइक पाए पछि उनीहरू उत्कष्ट १२ मा छनौट भएको मानिन्छ । ,सुदूरपश्चिम गीत संगीतका लागि उर्वर भूमि हो । नेपाल आइडल ब्यवस्थापन टीमले विर्तामोड, बर्दिबास र हेटौंडा अडिसन गरिसकेको छ भने धनगढीमा पनि मंगलबार अडिसन सकिएको छ ।
तीनवटा अडिसन सम्पन हुँदा पनि कसैले गोल्डेन माइक पाएका थिएनन् । धनगढीमा प्रेरणाले पहिलो गोल्डेन माइक पाएकी हुन् । असाध्यै खुसी लागेको छ । मलाई गोल्डेन माइक पाउँछु भन्ने विश्वास नै थिएन, जजहरूले मन पराउँछन् कि पराउँदैनन् भन्ने द्विविधामा थिए । तर मलाई गोल्डेन माइक दिइयो, खुसीको सीमा छैन । यो माइकले मलाई अझ मेहनत गर्ने प्रेरणा मिलेको छ, प्रेरणाले भनिन् । देश बिदेश मा बस्नु हुने सबै जनाले माया अनि सपोट गरि दिन उनले आग्रह समेत गरेकी छिन ।
यस पछि माघ १३ गते सुर्खेतको विरेन्द्रनगरमा रहेको मिड वेस्ट युनिभर्सिटीमा नेपाल आइडलको अर्को अडिसन हुँदैछ । अत्तरिया अडिसन दिन छुटेकाहरूले सुर्खेतमा पनि सहभागिता जनाउन सक्नेछन् । त्यस्तै माघ १८ गते दाङको घोराही र माघ २३ गते कास्कीको पोखरामा पनि सिजन ५ का लागि अडिशन तय गरिएको छ ।


