"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

फिल्म ‘महाजात्रा’को गीत ‘आहा क्या राम्रो’ युट्युबमा सार्वजनिक

No data was found

Khabar Raftar

माघ ०१ काठमाडौं । फिल्म ‘महाजात्रा’को गीत ‘आहा क्या राम्रो’ युट्युबमा सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत रहेको गीतमा आशिष र अस्मिता अधिकारीको स्वर छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीत डान्सिङ र रोमान्टिक महसुस हुन्छ । गीतमा अरुण क्षेत्री र आश्मा विश्वकर्मासहित फिल्मका शीर्ष कलाकार फिचर्ड छन् ।

विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउतसहित कोरस कलाकार गीतमा प्रस्तुत छन् । खुलामञ्चमा छायांकन गरिएको यो गीत डान्सिङ मुड जगाउन सफल देखिन्छ । यो मल्टिस्टारर फिल्मको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । षट्कोण आर्ट्सको ब्यानरमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले फिल्म निर्माण गरेका हुन् । बानियाँ कार्यकारी निर्माता हुन् ।

फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, अर्जुनजंग शाही, शिशिर बाङ्देल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्यदेव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा लगायतको अभिनय छ । जात्रा र जात्रैजात्राको व्यावसायिक सफलता पछि फिल्मको यो तेस्रो श्रृंखला    हो । पैसा कमाउन जेसुकै परिस्थितिको सामना गर्न बाध्य मध्यमवर्गको संघर्ष यसमा प्रस्तुत छ ।

राजनीति र पैसाको नेक्ससको चित्रण पनि यसमा छ । गत साता सार्वजनिक फिल्मको पोस्टरले कथावस्तुबारे दर्शाउँछ । फिल्म चैत ९ गते नेपाल सहित अमेरिका, अष्ट्रेलिया र युरोपमा रिलिज हुँदैछ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन