"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

मानव अधिकार जलवायु परिवर्तन र लैगिंक न्याय सम्बन्धी सरोकारवाला निकायसंग बहुपक्षिय संवाद कार्यक्रम

Khabar Raftar

पौष १९ बाजुरा । मानव अधिकार जलवायु परिवर्तन र लैगिंक न्याय सम्बन्धी सरोकारवाला निकायसंग बहुपक्षिय संवाद कार्यक्रम सम्पन्न भएको छ । युथ एड्भोकेसी नेपालको आयोजना राष्ट्रिय मानव अधिकार आयोगको समन्वय र कीओस फाउण्डेशनको सहकार्यमा बहुपक्षिय संवाद कार्यक्रम सम्पन्न गरिएको हो । मानव अधिकार, जलवायु परिवर्तन र लैगिंक न्यायले मानव समुदाय तथा क्षेत्रमा परेको प्रभावका बारेमा सरोकारवाला निकायसंग छलफल गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

मानव अधिकारको अवस्था, लैगिंक तथा जलवायु परिवर्तनले मावन समुदायमा परेको असरका बारेमा छलफल र उक्त बिषयमा उठेका प्राप्त सुझावलाई राष्ट्रिय मानव अधिकार आयोगमा पेश गर्ने उदेश्यका साथ बहुपक्षिय संवाद कार्यक्रम गरिएको युथ एड्भोकेसी नेपालका सहजकर्ता मदनराज जैशीले बताए । जलवायु परिवर्तनले समग्र विश्वमा नकारात्मक असर पारिरहेको भए पनि बाजुरा जस्ता विकट क्षेत्रका समुदायहरु यसबाट प्रत्यक्ष असर भोगिरहेकाले नीतिगत योजनाका साथ सम्बन्धित क्षेत्रमा काम गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन ।

जलवायु परिवर्तनका असर कम गर्न राष्ट्रिय तहमै विभिन्न नीतिगत प्रयास र योजना बने पनि सम्बन्धित प्रभावित क्षेत्रमा कार्यान्वय हुन नसकेकाले यसमा स्थानिय तहलाई पनि जिम्मेवार बनाउन आवाज उठाउनु पर्ने पिसविन नेपाल बाजुराका कार्यक्रम संयोजक महेश जोशीले बताए । जलवायु परिवर्तनका असर कम गर्न बनेका नीतिगत योजना स्थानिय तहबाट प्रभावित क्षेत्रमा पुगेर बुझ्ने र सो क्षेत्रलाई प्रमुख प्रथामिकतामा राखेर कार्यान्वयनमा जोड दिनुपर्ने डिभिजन वन कार्यालयका निमित्त प्रमुख सुवास ऐडीले बताए ।

त्यसैगरि बाजुरामा धेरैजसो सडकमा डोजरको आतंक लगायत विकासका पुर्वाधारबाट विभिन्न प्रकोट उत्पन्न हुने गरेकाले यसमा सचेत भएर सबैसंग पहल गर्दै काम गर्न सके जलवायुको असर कम गर्न सकिने कार्यक्रममा बोल्ने वक्ताहरुले धारण राखेका थिए । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको प्रमुख अथितिमा सुरु भएको बहुपक्षिय संवाद कार्यक्रममा बडिमालिका नगरपालिकाका निमित्ति प्रमुख प्रशासकिय अधिकृत हिक्मत रावल, नगर स्तरिय युवा संजालका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी पत्रकार लागयतको सहभागीता रहेको थियो ।

गिफ्ट नेपाल बाजुराका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारी एड्भोकेसी नेपालका प्रतिनिधी मदनराज जैशी डिभिजन बन कार्यालयका निमित्त कार्यालय प्रमुख शु्वास ऐडीले प्रस्तुती गरेको कार्यक्रमको सञ्चालन एड्भोकेसी नेपालका प्रतिनिधी मदनराज जोशीले गरेका थिए ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो