पौष १७ बेङ्लोर, भारत । नेपाली जनसम्पर्क समिति दक्षिण भारतको १२ औं अधिबेशन माधवराज खडायतको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गर्दै सम्पन्न भएको छ । भारतको गार्डन सिटी बेंगलोरमा क्षेत्रिय अध्यक्ष ईन्द्र राज अधिकारीको अध्यक्षतामा भएको अधिबेशन खडायतको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गर्दै सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय अध्यक्ष एवं नेपाली काँग्रेस केन्द्रिय समितिका पूर्ब आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डेयले दीप प्रज्वलन, पण्डित जनेश्वर जोशीद्वारा स्वस्ती बाचन र सुपर डान्सर नेपाली छोरी अनाहिता झाको शुभ मंगल नृत्य प्रस्तुतिबाट कार्यक्रमको उद्घाटन गरिएको थियो भने कार्यक्रमको सञ्चालन क्षेत्रीय महासचिव माधवराज खडायतले गर्नु गरेका थिए ।

त्यसैगरी नेपाली जनसम्पर्क समिति भारतका महामन्त्री जगन्नाथ पौडेल विशिष्ट अतिथि रहेको अधिबेशनमा,केन्द्रिय सह–महामन्त्री दिपक कुमार झा, केन्द्रिय शिक्षा सचिव काशीराम आचार्य, केन्द्रिय सदस्य बिमल राज बिष्ट, प्रबासी नेपाली संघ भारत – कर्नाटका केरला संयुक्त राज्य समितिका अध्यक्ष एबम केन्द्रिय सदस्य माधव भण्डारी , सचिव राजेन्द्र खनाल, अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रका सचिव एबम केन्द्रिय समिति सचिव राम सिंह बि.क. , अखिल भारत नेपाली एकता मंचका केन्द्रिय सचिवालय सदस्य जयलाल बि.क., मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य नरेश कुमार बि.क अतिथी रहेका थिए ।

त्यसैगरी सञ्चारकर्मी, स्थानीय उधोगी ब्यबसायी, स्थानिय राजनीतिज्ञ प्रतिनिधिहरु लगायतको गरिमामय सहभागितामा अधिबेशन सम्पन्न भएको बताईएको छ । १२ औं अधिबेशनबाट प्रमुख निर्वाचन अधिकृत काशिराम आचार्य, सहायक निर्वाचन अधिकृत बिमल राज बिष्ट र केन्द्रिय प्रतिनिधि दिपक कुमार झा निर्बाचन मण्डलले माधव राज खडायतको अध्यक्षतामा २१ सदस्यीय कार्यसमति सर्बसम्मत रुपले चयन भएको घोषणा गरेको बताईएको छ । समाचार स्रोतका अनुसार केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डेयले नवनिर्वाचित अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

प्रमुख अतिथि पाण्डेले नेपालमा रोजगारी, शिक्षा, स्वास्थ्य, उद्योग, सुशासन नहुनु, भ्रष्टाचार मौलाउदै जानुले नेपालीहरु प्रबासिनु बाध्य भएको बताएका थिए । उनले सरकारले बिदेशीने युवाहरुको समस्या समाधान नगर्ने हो भने गाउँ रित्तिने सम्भावना बढ्दै गएको बताउदै रोजगारी, शिक्षा, स्वास्थ्य, उद्योग, सुशासनको व्यवस्था गरी भ्रष्टाचार मुक्त समाज र उद्योग धन्दाको व्यवस्था गर्न प्रबासीनु पर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरे । नेपालका राजनीतिक दलहरु र नेपाल सरकारले प्रबासी नेपालीहरुलाई अपहेलना गरेको बताउदै उनले प्रबासमा रहेका नेपालीहरुको हकहित र न्यायको लागि सबै मिलेर काम गर्नु पर्ने समय आएको बताए ।
महामन्त्री जगन्नाथ पौडेले नेपाली जनसम्पर्क समितिको संगठनिक गतिविधिको बारेमा जानकारी गराए । केन्द्रिय सह–महामन्त्री दिपक कुमार झाले सम्पूर्ण अधिबेशनको प्रक्रिया, दक्षिण भारत को गतिबिधि बारे जानकारी गराउदै २६ वटा शाखाहरुले विधिवत रुपले शाखा अधिबेशन सम्पन्न गरि दक्षिण भारतमा दर्ता भएको र उक्त शाखाहरुमा १ हजार ५ सय ३० जना सदस्यहरुले आफ्नो सदस्यता शुल्क सहित नवीकरण गराएको जानकारी गराए ।
केही बाँकी रहेका शाखाहरुलाई पनि दर्ता गरिने उनले जानकारी गराए । केन्द्रिय शिक्षा सचिव काशीराम आचार्य, केन्द्रिय सदस्य बिमल राज बिष्ट, क्षेत्रिय कोषाध्यक्ष श्रीमती बिष्णु पौडेल, शाखा अध्यक्ष गंगाराम आचार्य, प्रबासी नेपाली संघ भारत – कर्नाटका केरला सयुक्त राज्य समितिका अध्यक्ष एबम केन्खिद्रय सदस्य माधव भण्डारी , सचिव राजेन्द्र खनाल, अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रका सचिव एबम केन्द्रिय समिति सचिव राम सिंह बि.क. , अखिल भारत नेपाली एकता मंचका केन्द्रिय सचिवालय सदस्य जयलाल बि.क., मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य नरेश कुमार बि.क ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।



