"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारत– नेपाल अन्तराष्ट्रिय काव्योत्सवमा नेपाली लेखकका ३ वटा कृतीहरुको विमोचन

No data was found

Khabar Raftar

पौष १६ धनगढी । भारत– नेपाल अन्तराष्ट्रिय काव्योत्सवमा नेपाली लेखकका ३ वटा कृतीहरुको विमोचन गरिएको छ । भारतको पिथौरागढ, उत्तराखण्डमा सम्पन्न भारत– नेपाल अन्तराष्ट्रिय काव्योत्सवमा नेपालबाट सहभागी लेखकहरु कैलाश पाण्डेयको एकलव्यको देशमा , कृष्ण सिंह पेलाको फूलको प्रहार र गणेश नेपालीको एकलव्य गजल संग्रहको विमोचन गरिएको हो । यही पौष ७ र ८ गते अर्थात डिसेम्बर २३ र २४ गते दुई दिन आयोजीत भारत– नेपाल अन्तराष्ट्रिय काव्योत्सव समारोहमा नेपाल र भारतका दुई दर्जन बढी साहित्यकारहरूले कविता र गजल वाचन गरेको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेले जानकारी गराए ।

उनले नेपालबाट सहभागी कैलाश पाण्डेय, कृष्ण सिंह पेला र गणेश नेपालीका कृतिहरूको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका निवर्तमान मूख्यमन्त्री राजेन्द्र सिंह रावल र पुस्तकालयका अध्यक्ष डा. पिताम्बर अवस्थीले संयुक्त रुपमा विमोचन गरेको जानकारी गराए । साहित्यकार हेमबाबु लेखकले तीनओटै कृतिहरूको समिक्षात्मक टिप्पणी गरेको समेत अध्यक्ष पाण्डेले जानकारी गराए । ज्ञानप्रकाश संस्कृत पुस्तकालयको आयोजनामा पुस्तकालयका अध्यक्ष डा. पिताम्वर अवस्थीको अध्यक्षतामा र सुदूरपश्चिम प्रदेशका निवर्तमान मूख्यमन्त्री राजेन्द्र सिंह रावलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तराष्ट्रिय काव्योत्सव समारोहको कवि तथा साहित्यकार इन्जिनियर ललित सौर्यले सञ्चालन गरेको अध्यक्ष पाण्डेले जानकारी गराए ।

त्यसैगरी समारोहका प्रमुख अतिथी निवर्तमान मूख्यमन्त्री राजेन्द्र सिंह रावलले कुमाऊ र सुदूरपश्चिम प्रदेशका सामाजिक साँस्कृतिक ऐतिहासिक र भाषिक साझा विरासतहरूको उन्नयन, संरक्षण र सम्बर्द्धन हुन अति आवश्यक भएको बताएको उनले जानकारी गराए । उनका अनुसार प्रमुख अतिथी रावलले महाकाली नदि वारि र पारीको मौलिक साझा सभ्यता अहिलेसम्म पनि प्रकाशमा आउन नसकेकोले बंग्याईएको इतिहासमा भ्रमित नहुन दुबैतिरका जनताले जागरुक हुनु पर्ने बताएका थिए । पिथौरागढको समाचारपत्र सन्डेपोस्टका पत्रकार दिनेशचन्द्र पन्तले नेपाल र भारतको सम्बन्धलाई मजबुत बनाउन दुबै देशका साहित्यिक सांस्कृतिक संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले त्यस्तो दुई देशिय संगठनको आवस्यकता रहेको बताएका थिए ।

उनले विश्व परिघटनाहरूको हवाला दिदै युक्रेन रसियाको युद्धमा त्यहाका जनताको सुरक्षाका लागि युरोपतिर लागेको बताउदै इजरायल र फिलिस्तिन युद्धमा फिलिस्तिनीहरू सुरक्षा खोज्दै अरबतिर लागेको बताएका थिए । उनले नेपाल र भारत मात्र नेपाली र भारतीयहरूको लागि सुरक्षाको आवश्यकता पर्दा सहयोग गर्न तयार भएको बताउदै नेपाली र भारतीयहरूका लागि जाने ठाउँ अन्यत्र कहिँ नभएको बताए । उनले दुबै देशका लागि प्रगाढ मित्रता अपरिहार्य रहेको समेत बताएको अध्यक्ष पाण्डेले जानकारी गराए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण