"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खेर गएको अल्लोबाट आय आर्जन गर्दै बझाङका महिला

No data was found

Khabar Raftar

मंसिर १२ बझाङ । बझाङको तलकोट गाउँपालिका वडा नम्बर–६ का स्थानीय महिलाहरु अल्लोबाट आय आर्जन गर्न थालेका छन । उनीहरुले खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र कपडा बनाई आय आर्जन गर्न थालेका हुन् । प्रशस्त मात्रामा अल्लो उपलब्ध हुने भए पनि त्यसबाट डोरी बनाएर गाईवस्तुलाई बाँध्न प्रयोग गर्नु बाहेक ज्ञान सीपको अभावका कारण अन्य काम्मा प्रयोग नभएको अबश्थामा जंगलमै कुहिएर खेर जाने गरेको अल्लोबाट महिलाहरुले आय आर्जन गर्न थालेका हुन ।

अल्लोको डोरी, अल्लोको कपडा र अल्लोको झोलाहरु बनाउने तालिम लिए पछि महिलाहरुले तलकोट गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी आन्तरिक राजस्व कार्यालयबाट प्यान नम्बर लिएर व्यावसायिक रुपमा अल्लोको धागा,े कपडा र अल्लोको अन्य सामान उत्पादन गर्न सुरु गरेका हुन् । जिआइजेड र तलकोट गाउँपालिकाले अल्लोको महत्व र उपयोगिताबारे जानकारी गराए पछि उनीहरुले व्यवसाय सञ्चालन गरेको बताईएको छ ।

जंगलमा त्यत्तिकै खेर गइरहेको अल्लोबाट धागो र कपडाहरु उत्पादन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा घरमै रोजगारी सिर्जना गर्ने र समूहका महिलाहरु आत्मनिर्भर हुने भए पछि स्थानीय महिला व्यवसायमा लागेका हुन । एक महिना सम्म सञ्चालन गरिएको तालिममा अल्लोको धागो बनाउने र त्यसबाट कपडा बुन्ने प्रशिक्षण दिइएको बताईएको  छ । तालिममा २८ जना महिला र दुई जना पुरुष गरी ३० जनाको सहभागिता रहेको बताईएको छ ।

समूहका महिलाले अल्लो व्यवसायको महत्व बुझेर अल्लो व्यवसाय सञ्चालन गर्न सीप र तालिमसंगै आवश्यक पर्ने मेसिन औजारहरुको माग गरे पछि मेसिन औजार र तालिम सञ्चालन खर्च गाउँपालिकाले व्यहोरेको बताईएको छ । उनीहरुलाई व्यवसाय सञ्चालन गर्न मेसिन औजारका साथै कच्चा पदार्थहरु खरिद गर्न गाउँपालिकाले नगद एक लाख ९० हजार सहयोग गरेको जानकारी गराएको छ ।

त्यसैगरी व्यवसाय दर्ता गर्न र अन्य प्राविधिक सहयोग जिआइजेडको रिप कार्यक्रमले गरेको कार्यक्रमका क्लस्टर कोअर्डिनेटर सुरतबहादुर चन्दले बताए । एक महिनाको तालिम पछि देखिएको उत्साहले उनीहरुलाई थप दक्ष बनाउन र थप मेसिन खरिद गर्न कार्यक्रमले सहयोग गर्ने पहल गरेको उनले बताए । तालिमका सहभागीहरुले अल्लोको धागोबाट बुनिएका दोसल्ला र टोपीहरु उत्पादन गरेको उनले जानकारी गराए ।

कतिपयले अल्लोको धागो काठमाडौँमा पठाएर एक पटकमै २० हजार आम्दानी गरेको बताउदै उनले तालिम पछि व्यवसाय प्रति आकर्षित हुनुका साथै सामूहिक भावनाको विकास भएको औद्योगिक ग्राम उत्पादन समूहकी अध्यक्ष रमिला शाहीले बताईन ।
सबै समूहका महिलाहरु मिलेर स्थानीयस्तरमा कुहिएर जान लागेको कच्चा पदार्थको सदपयोग गरी अरुलाई पनि रोजगारी दिने सोचका साथ ब्याबसायमा जुटेको उनले बताईन ।

कतिपयले घरायसी प्रयोजनका लागि अल्लोका सामग्रीहरु लैजाने गरेको र कतिपयले उपहारका लागि पनि लैजाने गरेको उनले बताईन । समूहले धागो र कपडा बचेर एक लाख २२ हजार पाँच सय आम्दानी गरेको बताउदै उनले धागो पाँच सय प्रतिकिलो र कपडा एक हजार दुई सय मिटरका दरले बिक्री भएको जानकारी गराईन । जंगलमा खेर गइरहेको अल्लोको प्रशोधन गरी गाउँघरमैै रोजगारी सिर्जना गर्न सकिने भएकाले लगानी गरिएको पालिका अध्यक्ष कलकबहादुर रोकायाले बताए ।

उनले युवाहरु पैसा कमाउन विदेश जाने गरेको बताउदै नेपालमा पैसा फलाउने कच्चा पदार्थ कुहिएर खेर जाने गरेको बताए । कुहिएर गइरहेको अल्लोलाई प्रशोधन गर्दा कम लगानीमै राम्रो आम्दानी गर्न सकिने बताउदै उनले यसले पालिकाका विपन्न वर्गका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुग्ने जानकारी गराए । अल्लो व्यवसायबाट, अल्लो संकलन, अल्लोको धागो उत्पादन, अल्लोको कपडा उत्पादन र अल्लोको अन्य विभिन्न वस्तु उत्पादन गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै व्यक्तिले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उनले बताए ।

बझाङको तलकोट गाउँपालिकाले बाहिरबाट आयात हुने खादा, ब्याज र मालालाई रोक लगाउने निर्णय गरेको छ । केही महिना अघि बसेको कार्यपालिकाको बैठकबाट फजुल खर्च घटाउने उद्देश्यले बाहिरबाट ल्याइने खादा, ब्याजहरु र मालाहरुलाई रोक लगाउने निर्णय गरेको तलकोट गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रामचन्द्र रावलले जानकारी गराए ।

कुनै पनि सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा पालिकाले नै उत्पादन गरेका अल्लोबाट प्रशोधित गरी तयार पारिएका खादा र टोपीमात्रै प्रयोग गर्न पाउने नियम बनाइएको उनले बताए । गाउँपालिकाले आयोजना गरेका कार्यक्रममा समेत अल्लोबाट उत्पादित खादा, टोपीलाई प्रयोग गर्ने गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर भण्डारीले बताईन । पालिकाले आफ्नै मातहतमा उद्योग ग्राम सञ्चालनमा ल्याएको बताईन ।

उद्योगग्राममा अल्लोबाट गलैंचा, टोपी, खादा जस्ता बस्तु उत्पादन हुने गरेको उद्यम विकास सहजकर्ता सुस्मिता धामीले बताईन । उद्योमग्राम उत्पादन समूहका अध्यक्ष रमिला शाहीले उद्योगग्रामले अहिले सामान्य रुपमा भए पनि आम्दानी गर्न सुरु गरेको बताईन ।

उनले अहिले अल्लोको बेर्ना राखेर अल्लो खेती गर्नका लागि समितिका सदस्यहरु लागिपरेको बताईन । उद्योम ग्रामले निकट भविष्यमा अल्लोबाट झोला, कोट, पाइन्ट, जुत्ता लगायतका सामग्री उत्पादन गरेर अन्य जिल्लामा पनि पठाउने लक्ष्य लिएको उनले जानकारी गराईन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण