मंसिर ०८ धनगढी । कैलाली उद्योग वाणिज्य संघले हरेक बर्ष आयोजन गर्दै आएको सुदूरपश्चिम महोत्सव यही मंसिर २२ गते देखि सुरु हुने भएको छ । २०६३ साल देखि धनगढीमा आयोजना हुदै आएको सुदूरपश्चिम महोत्सवको १७ औं संस्करण यही मंसिर २२ गते देखि सुरु हुने भएको हो । शुक्रबार कैलाली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त विषयमा जानकारी गराएको हो ।
धनगढी उप महानगरपालिका बड़ा नम्बर १ पशुपती टोलमा आयोजना गर्न लागीएको सुदूरपश्चिम महोत्सव मंसिर २२ गते देखि सुरु भएर पौष २ गते सम्म रहने आयोजकले जानकारी गराएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारकामा महत्वपूर्ण भूमीका निर्बाह गर्दै आएको महोत्सवले समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्दै आएको आयोजक कैलाली उद्योग बाणीज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी गराए ।
पछिल्लो समयमा विविध कारणले आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिवाट गुजिरहेको उद्योग व्यवसायलाई आसावादी बनाई पुर्नस्थापीत गर्न महोत्सव उपलब्धिमुलक हुने अध्यक्ष कुँवरले जानकारी गराए । महोत्सवमा बृहत व्यवसायीक कृषि प्रदर्शनी प्रतियोगिता, ताजा तरकारी र कृषिमा आएको प्रविधि माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष महत्व दिएको अध्यक्ष कुँवरले जानकारी गराए ।
त्यसैगरी सास्कृतिक रुपमा धनी सुदूरपश्चिम प्रदेशको कला सस्कृतिको संरक्षण पनि महोत्सवले गर्दै आएको उनले जानकारी गराए । विगतका दिनहरुमा महोत्सवले उत्पादन गरेका कलाकारहरुले देश विदेशमा ख्याती कमाउदै आएको जानकारी गराउदै उनले त्यस्ता कार्यलाई निरन्तता दिदै कला सस्कृतिमा योगदान पु¥याएका कलाकारहरुलाई प्राथमिकता दिइने उनले जानकारी गराए ।
त्यसैगरी उद्यमी व्यवसायीका उत्पादनहरुलाई प्राथमिकता दिईने बताउदै उनले नेपाल अधिराज्यबाट आउने उद्योगी व्यवसायीहरुलाई समान रुपमा सहभागिता गराइएको जानकारी गराए । सुदूरपश्चिम प्रदेशका परिकार सहित महोत्सव स्थलमा खानाका स्टलहरु रहने जानकारी गराउदै उनले सरसफाइ तथा उत्कृष्ट व्यवस्थापनको लागी होटल व्यवसायी संघ संग समन्वय गरिरहेका जानकारी गराए ।
अनुमानीत २ करोडको लगानीमा महोत्सवलाई उत्कृष्ट रुपमा सम्पन्न गरिने जानकारी गराउदै उनले महोत्वसमा उद्योगी व्यवसायको १० करोड बराबरको कारोवार हुने अनुमान गरिएको बताए । सुदूरपश्चिम महोत्सव २०८० मा कृषि, जडिबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी ४ सय जती स्टलहरु रहने अध्यक्ष कुँवरले जाकारी गराए ।
त्यसैगरी सुरक्षा निकायमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन अनुरोध गरिएको समेत उनले जानकारी गराए । महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको जानकारी गराउदै उनले यस वर्षको महोत्सवमा ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरेको जानकारी गराए । महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्न मुल समिति सहित ३० वटा उप समिति बनाईएको उनले जानकारी गराए ।
सुरक्षाको दृष्ट्रिकोणलाई मध्येनजर गर्दै अत्याधुनिक सि सि क्यामराले निरिक्षण गरिनुका साथै निजि र सरकारी सुरक्षाकर्मीहरुको व्यवस्था गरिएको उनले जानकारी गराए । महोत्सवले सुदूरपश्चिम प्रदेशको आर्थिक विकासको लागी सम्बावनाहरुको खोजी गर्र्दै पर्यटन विकास, साँस्कृतिक कला, खानपान, भाषाको संरक्षण र व्यवसायिक सफलता प्राप्त गर्ने उनले जानकारी गराए ।
सम्बृद्ध सुदूरपश्चिम वनाउने अभियान अन्तरर्गत महोत्सवको १७ औ सस्करण आयोजना गरिएको जानकारी गराउदै सबै राजनितिक दल, तिन तहको सरकार, सरकारी तथा गैर सरकारी सस्था, पत्रकार,विद्यार्थी, उद्यमी व्यवसायी, देश विदेशमा रहनु हुने महानुभावहरुलाई आफनो आफनो तर्फबाट अधिकतम सहभागीता जनाई सफल बनाउन उनले अनुरोध गरेका छन ।
महोत्सव अवलोकनको लागी विद्यार्थीलाई ५० रुपैया टिक्टर राखिएको छ भने सर्वसाधारणलाई १ सय र फरक क्षमता भएकालाई निशुल्क गरिने उनले जानकारी गराए । महोत्सव सुदूरपश्चिमको मात्र नभइ राष्ट्रकै महोत्सवको रुपमा विकास गर्ने सम्पूर्ण पत्रकार तथा संचारकर्मी, स्थानिय तथा राष्ट्रिय स्तरमा सञ्ंचालित सम्पूर्ण संचारकमी संचार संस्था सवैवाट रचनात्मक सहयोग सुझावको अपेक्षा गरिएको अध्यक्ष कुँवरले बताए ।
महोत्सवको प्रबर्द्धक, प्रायोजक बनी स्टलमा आफनो उत्पादन प्रदर्शनीको लागी स्टल बुक गरी प्रचार प्रसारमा सहयोग गरी, टेन्ट निर्माण, सुरक्षा प्रभातफेरी, सास्कृतिक कार्यक्रममा सहभागी भई सबै कार्यमा महोत्सव आयोजनामा सहयोग गरिदिन उनले सबैलाई आह्वान समेत गरेका छन ।


