कार्तिक २२ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन तथा बन बाताबरण मन्त्रालयले आयोजना गरेको उद्योग ब्याबसायीहरुसंगको अन्र्तक्रिया कार्यक्रम्मा सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल शाहले प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जानकारी गराएका हुन । बुधबार धनगढीमा आयोजीत अन्र्तक्रिया कार्यक्रम्का प्रमुख अतिथी शाहले फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन गर्ने जानकारी गराएका हुन ।
उनले निजी क्षेत्रसंग नजोडीएर सम्बृद्धी नआउने बताउतै उद्योग ब्याबसायमा लगानी बढाउनका लागी सम्मेलन गर्न लागेको बताए । आर्थिक मन्दीका कारण ब्याबसायीहरु समस्यामा भएको बताउदै मुख्य मन्त्री शाहले राज्यको समन्यमा पनि समस्या भएको बताए । उनले चारै तीर निराशा छाएको बताउदै निराशाका विचबाट आशाको दियो निभ्न नदिन सबैले हातेमालो गर्नु पर्ने बताए ।
उनले साधन स्रोतको सदुपयोग हुन नसकेको बताउदै समस्या समाधानका लागी पहल भईरहेको बताए । उनले अधिकार क्षेत्र भित्र रहेर ब्याबसायीहरुले उठाएका समस्याहरुको ६ महिना भित्र समाधान खोज्ने प्रयास गरिने प्रतिबद्धता जाहेर गरे । उनले करमा एक द्वार प्रणाली लागु गर्न गम्भिर भएको बताउदै साझा समस्याहरुको हल खोज्दै अगाडी बढ्ने बताए ।
त्यसैगरी कार्यक्रका सभापती तथा उद्योग पर्यटन तथा बन बताबरण मन्त्री रमेश धामीले प्रदेश सरकाले उद्योगको स्थापनाका लागी सोची रहेको जानकारी गराए । मन्त्री धामीले दोहोरो करको अन्त्यका लागी पनि प्रदेश सरकार गम्भिर रहेको बताउदै उद्योगमा रहेका समस्याहरुको निराकरण गरिने बताए । घरेलु तथा साना उद्योग कार्यालय केलालीका कोमल प्रसाद ओझाले नेपालमा औद्योगीकरणको विकास, सम्भावना,समस्या र भावी कार्यदिशा सम्बन्धी जानकारी गराएको कार्यक्रमका सहभागीहरुले सरकारको कमी कमजोरीका कारण उद्योगहरु बन्द हुने अबश्थामा रहेको बताएका थिए ।
उद्योगी तीलाराम भट्टले सावुन उद्योग खोलेको बताउदै विद्युतका कारण समस्या भएको बताए । उनले विद्युतको सहज आपुर्ति हुन नसकाके बताउदै स्थानीय सरकारले समेत चासो नदिएको बताए । त्यसैगरी घरेलु तथा साना उद्योग महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव पुष्पराज भट्टले प्रदेश सरकारले अल्लो, बास निगालो र सनपाटका उद्योगहरुमा ध्यान पु¥याउनु पर्ने बताए । त्यस्ेगरी घरेलु तथा साना उद्योग महासंघ कैलालीका अध्यक्ष धन बहादुर चौधरीले प्राकृतीक सम्पदाको उपभोग गर्न सके प्रदेश रकार सम्बृद्ध बन्ने बताए ।
उनले उर्जामा विकास गरी विद्युतको महशुल समेत घटाएर उद्योग ब्याबसायलाई प्राथमकिता दिनु पर्ने बताए । त्यसैगरी ब्याबसायी रविन पाठकले ब्याबसाय नविकरण गर्न ३ हजार लाग्ने भए पनि नरिबाना बाफत १५ तिर्नु परेको बताए । उनले यस्ता नीतिका कारण ब्याबसायी पलायन हुनु पर्ने अबश्था आएको बताए । त्यसैगरी ब्याबसायी दिनेश भण्डारीले एकद्वार प्रणलस्ी लागु गर्नु पर्ने बताउदै योजना बैक को स्थापना गर्नु पर्ने बताए ।
त्यसैगरी ब्याबसायी माया प्रकाश भट्टले उद्योग स्थापनालाई सहज बनाउनुका साथै त्यसलाई टिकाउन करमा समेत छुटको ब्याबश्था गर्न सके उद्योग स्थापना गर्न सहज हुने बताए । नेपालमा २०७९ साल फागुन मसान्त सम्म साना ठूला गरी ८ हजार ९ सय ४० वटा उद्योग रहेको घरेलु तथा सानन उद्योग कार्यालय कैलालीका कोमल ओझाले जानकारी गराएका छन ।



