साल्ट ट्रेडिङग कर्पोरेसन धनगढीको ८० लाख भाडा उठ्न बाँकी रहेको छ । १३ वटा सटरको ८० लाख भाडा उठ्न बाँकी रहेको हो । साल्ट ट्रेडिङग कर्पोरेसनले प्रति सटरबाट मासिक २७ हजार पाँच सय भाडा उठाउदै आएकोमा लामो समय देखिको ८० लाख भाडा उठ्न बाँकी रहेको हो ।
व्यवसायीले लामो समय सम्म भाडा नतिरेको साल्ट ट्रेडिङग कर्पोरेसन धनगढीका प्रमुख वासुदेव उपाध्यायले बताए । उनले व्यापारीहरुबाट ८० लाख भाडा उठ्न बाँकी रहेको बताए । आफु आईसके पछि बैठक बसेको बताउदै उनले व्यापारीहरुले क्रमिक रुपमा दिन्छौ भनेको बताए ।
साल्ट ट्रेडिङग कर्पोरेसनले मासिक तीन लाख ५७ हजार पाँच सय रुपैयाँ सटर भाडा वाफत संकलन गर्दै आएको भए पनि साल्ट ट्रेडिङको धनगढी कार्यालय रहेको भवन भत्किने भए पछि व्यवसायीहरुले भाडा नदिएको बताईएको छ । १३ वटा सटरका व्यवसायी मध्ये अधिकांशले एक वर्षदेखि भाडा नतिरेको प्रमुख उपाध्यायले जानकारी गराए ।
उपाध्यायले भवन भत्किने भए पछि व्यापारीसँगको सम्झौता पनि अध्यावधिक नगरिएको बताउदै सडक विस्तार गर्दा भवन भत्किने जानकारी गराए । साल्ट ट्रेडिङले १८ वटा सटर भाडामा दिएकोमा सडक क्षेत्रमा पर्ने र भवन भत्किने भए पछि पाँचवटा खाली भएका छन् भने अन्य व्यवसायीले समेत म्याद थप नगरेर पसल सञ्चालन गर्दै आएका छन् ।
खाली भएका पाँच मध्ये दुईवटा सटर साल्ट ट्रेडिङले प्रयोग गर्दै आएको छ । तीनवटा सटर खाली भएको साल्ट ट्रेडिङ धनगढीका प्रमुख उपाध्यायले बताए । साल्ट ट्रेडिङले वार्षिक ४६ लाख ४७ हजार पाँच सय रुपैयाँ १३ वटा सटरबाट आम्दानी गर्ने गरी सटर भाडामा लगाएको भए पनि व्यवसायीहरुले व्यापार घाटामा गएको भन्दै भाडा तिर्न आनाकानी गर्दै आएका छन् ।


