"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित समुदायलाई आक्रमण गर्ने विरुद्ध प्रहरीद्वारा जाहेरी लिन अस्विकार

No data was found

Khabar Raftar

कार्तिक २० नवलपरासी । ईलाका प्रहरी कार्यालय बेलाटारिले जातीय विभेद सम्बन्धी पीडितले दिएको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । पश्चिम नवलपरासी सुस्ता गाउँ पालिका वडा नम्बर ५ नन्दनगरका भजनलाल चमारको घर परिवारका सदस्यहरुलाई जातीय गाली गलौज गर्दै निर्घात कुटपिट गर्ने सोही गाउँका ७ जना विरुद्ध दिएको जाहेरी ईलाका प्रहरी कार्यलय बेलाटारीले दर्ता गर्न अस्विाकर    गरेको हो ।

जातीय भेदभाव तथा छुवाछूत कसुर सम्बन्धी किटानी जाहेरी दिएको भए    पनि ईलाका प्रहरी कार्यलय बेलाटारीका प्रहरी अधिकारीले जाहेरी दर्ता गर्नुको सट्टा पीडितलाई मिलिमिलाप गर्न दबाव दिएको बताइृउको छ । स्रोतको अनुसार मगंलबार पिडित परिवार ईलाका प्रहरी कार्यलय बेलाटारीमा जाहेरी लिएर पुगेको चभए पनि ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख श्याम प्रसाद यादबले मेलमिलाप गर्न दबाब दिएका हुन ।

जाहेरी लिएर गए पनि डर–धम्की देखाएर जाहेरी दर्ता नगरी अनेक बहाना बाजी गरी फर्काईदिएको स्रोतले बताएको छ । प्रहरी प्रमुख श्याम प्रसाद यादवले भने जाहेरी नआएको बताएका छन । घटनाका विषयमा पीडित र पिडक दुबै पक्षले आफुलाई जानकारी नगराएको उनले बताए । घटना दोहोरो जस्तो देखिएको बताउदै उनले दुबै पक्ष घाईते भएको बताए ।

पीडित र पिडक भनिने दुबै पक्ष उपचारको क्रममा रहेको बताउदै उनले दुबै पक्षलाई झिकाएर अनुसन्धान गर्ने बताए । पिडित परिवार भजनलाल हरिजनका अनुसार कार्तिक ८ गते त्रिवेणीमा दशै–दुर्गाको मूर्ति विसर्जनका क्रममा दुर्गाको प्रसाद खान माग्दा जातीय गालिगलौज सहित कथित तल्लो जात समुदायले शुरुमा प्रसाद खान मिल्दैन भनेर अपशब्द प्रयोग गर्दा यसो भन्नू कानुन विपरीत भएको तर्क गर्दा “त चमार सियार भएर हामिसंग नियम कानुनको कुरा गर्ने तिम्रो हैसियत छ भन्दै पिडक भनिने मध्येका दिनदयाल गुप्ता र दिपक गुप्ताले कुटपीट गरेका हुन ।

उनले ३÷४ मुक्का हाने पछि भाइ दुर्गा चरण हरिजन रुदै घर आएको बताए । फेरि करिब ३ बजेको सयमा श्याम तेलि ,सतिष गुप्ता ,, मनिश गुप्ता ,दिपक गुप्ता ,बिनोद गुप्ता, जोगेन्द्र गुप्ता , लगायत ७ जनाको समुह पुन घरमा आई जातिय आधारमा त चमार सियार कहाँ लुकेर बसेको छ्स हिम्मत छ भने बाहिर आएर हेर तलाई हामिहरु के गर्छौ त चमार सियार भएर हामिसंग नियम कानुनको कुरा गर्ने तिम्रो हैसियत छ भन्दै धम्काउदै घर भित्र पसि जातीय विभेदजन्य गालीगलौज गर्दै कुटपीट गरेको बताए ।

कुटपीटबाट आमा अमरवती देबि चमारको शरिरको विभिन्न भागमा चोट लागेको, भाइ विध्या सागर हरिजनको टाउको तथा हात खुट्टामा र दुर्गा चरण हरिजनको घाँटी पछाडि र टाउकोको तल , चोट लागेको बताउदै आफुलाई समेत लात मुडकी तथा काठको चिरपटले हात खुट्टा र टाउकोमा हानी बेहोस अवस्थामा हस्पिटल पु¥र्याएको बताए । घाइतेहरुको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार पश्चात् अहिले डिस्चार्ज गरिएको पिडित परिवारले जानकारी गराएको छ ।

जाहेरीमै प्रमाण खुल्ने विवरण प्रस्तुत गरेको बताउदै उनले आफ्नो परिवार माथि भएको सम्पुर्ण विबरण मिति, समय, प्रत्यक्षदर्शी र साक्षी समेत बुझ्न सकिने बताए । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० को दफा १६६ र १६८ बमोजिम पिडकलाई पक्राउ गरि कानुन बमोजिम हदै सम्मको सजाय जरिवाना तथा क्षतिपूर्ति समेत दिलाई न्याय दिलाई दिन जाहेरीमा उल्लेख गरिएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण