"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुग्यो, १ सय ६६ जना घाईते

No data was found

Khabar Raftar

कार्तिक १८ धनगढी । शुक्रबार राती गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । भूकम्पमा परी ९९ जना महिला र ५८ जना पुरुष गरी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको हो । सबैभन्दा धेरै भूकम्पको केन्द्र बिन्दु रहेको जाजरकोटमा ७२ जना महिला र ३३ जना पुरुष गरी १ सय ५ जनाको मृत्यु भएको   छ । भूकम्पका कारण जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु जानकारी दिए । त्यस्तै, रुकुम पश्चिममा २७ जना महिला र २५ जना पुरुष गरी ५२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी १ सय ६६ जना घाईते भएका छन । जाजरकोटमा ८१ जना, रुकुम पश्चिममा ७९,दैलेखमा ३ र जुम्लामा ३ जना गरी १ सय ६६ जना घाईते भएका छन । घाईते मध्य रुकुम पश्चिमका १ जना, दैलेखका १ जना र जुम्लाका ३ जना गरी ५ जना डिसचार्ज भएका छन भने बाकी घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भई रहेको छ । गृह मन्त्रालयका अनुसार जाजरकोटका २३ जनाको भेरी अस्पताल नेपाल गञ्ज,१३ जनाको प्रदेश अस्पताल सुर्खेत र अन्यको सम्बन्धीत जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

त्यसैगरी रुकुम पश्चिमका ८ जनाको भेरी अस्पताल नेपाल गञ्ज, ११ जनाको प्रदेश अस्पताल सुर्खेत, ७ जनाको टिचिङ अस्पताल काठमाण्डौ र अन्यको सम्बन्धीत जिल्ला अस्पतालमा उपचार भईरहेको छ । जाजरकोटलाई केन्द्र विन्दु बनाएर शुक्रबार राति ११ बजेर ४७ मीनेटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण सबै बढी क्षती जाजरकोटमा भएको छ । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको क्षेत्रमा प्रहरी टोली र स्थानीय उद्धार कार्यमा खटिएको बताइृउको छ । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएको बताइएको छ ।

भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् । मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध बनाएको छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको बताईएको   छ । त्यसैगरी चौरजहारी नगरपालिकाकी उपप्रमुख ईश्वरी शर्माका अनुसार चौरजहारीस्थित मिसन अस्पताल र खोलागाउँस्थित शहीद स्मृति अस्पतालमा घाइतेहरु उपचाररत रहेका छन् । धेरै घाइतेहरु मिसन अस्पतालमा छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत सुर्खेत, नेपालगन्ज लगायतका स्थानमा रिफर गरिएको छ ।

भूकम्पबाट बालबालिका, बुढाबुढीहरु बढी प्रभावित भएका छन् । गोठ भत्किएर पशु चौपाया पुरिएर मरेका छन् । त्यसैगरी रुकुमपश्चिममा मृत्यु भएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ । आठबिसकोट नगरपालिकाकामा १८ र सानीभेरी गाउँपालिकामा ९ जनाको सनाखत भएको हो । मृत्यु हुनेमा बालबालिकाहरु धेरै रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले सार्वजनिक गरेको विवरण अनुसार आठबिसकोट नगरपालिका १२ साबार्को बस्ने १४ वर्षीय रमेश पुन, सोही ठाउँका १३ वर्षीय डिलबहादुर केसी, वडा नम्बर १४ का ३ वर्षीय बासु बुढा, सोही ठाउँका ३० वर्षीय अमृता जैसी, ५ वर्षीय भावना जैसी, २ वर्षीय दिपेन जैसी, १२ वर्षीया सरिता विक, १३ वर्षीय मदन गौतम, ८३ वर्षीय करे नेपालीको मृत्यु भएको छ । त्यसैगरी वडा नम्बर ११ गैरीकी ३५ वर्षीया शिला कामी, १३ वर्षीया सृजना कामी, ९ वर्षीया रिया कामी, ६ वर्षीया दिया कामी, ४ वर्षीया आशा कामी र १८ महिनाकी एलिसा कामीको पनि मृत्यु भएको छ ।

त्यसैगरी पूर्वी रुकुम घर भई हाल आठबिसकोट नगरपालिका वडा नम्बर १४ बस्ने कृष्ण जैसीको घरका भाडामा बस्ने पुन निर्माण कम्पनीका गाडी चालक ३० वर्षीय किस्मत पुनमगर, बर्दिया घर भई आठबिसकोट नगरपालिका १४ छेपारेमा बस्दै आएका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विकको पनि भूकम्पमा परी मृत्यु भएको छ ।

त्यसैगरी रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ परियार टोल बस्ने महाबिर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाइनाबगरकी ३१ वर्षीय धनबिर पुन, २८ वर्षीया चुम्निामा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन र १० महिने बालक रेजन वलीको पनि मृत्यु भएको छ ।

त्यसैगरी सानीभेरी गाउँपालिका वडा नम्बर ४ बस्ने आठ वर्षीय निर्जल चन्द, २५ वर्षीय सकुन्तला दमाई र ६ वर्षीय कृष्ण परियारको पनि भूकम्पमा परी मृत्यु भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी गराए । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन