अनिता सी, असोज ११ उदयपुर । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालको देशव्यापी रुपमा गरिएको रक्तदान कार्यक्रम अन्तर्गत कोशी व्यूरोको इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार इटहरीको पूर्व–पश्चिम राजमार्ग स्थित मिलनचोकमा युवा संगठन नेपालले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा कोशी व्युरो इन्चार्ज कमरेड दिपेश सीले मन्तव्य राख्दै रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान जीवन दान” भन्ने मूल उद्देश्य सहित बजारमा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य क. सुमन सी, केन्द्रीय सदस्य क.संगित सी सुनसरी मोरङका पार्टीका सेक्रेटरी साथै दर्जनौ युवाहरुले उत्साहित रूपमा रक्तदान गरेका थिए ।
९६ जना युवाहरुले उत्साहित भएर गरिएको रक्तदान कार्यक्रममा प्राविधिक संयोजन नेपाल रेडक्रस सोसाइटी धरान शाखाले गरेको थियो । रक्त दान ार्यक्रमको आयोजना युवा संगठन नेपालले गरेको युवा संगठन नेपाल कोशी व्यूरो इन्चार्ज आकाश सीले जानकारी गराए ।



