"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रक्रियाले गति लियो

No data was found

Khabar Raftar

असोज ०२ कञ्चनपुर । कञ्चनपुरको दोधारा चादँनीमा सख्खा बन्दरगाह निर्माण प्रक्रियाले गति लिएको छ । सुदूरपश्चिमकै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको सख्खा बन्दरगाहको निर्माण प्रक्रियालले प्रस्ताव भएको करिब डेढ दशक पछि गती लिएको हो । गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुक्खा बन्दरगाह निर्माणस्थल दोधारा चादँनी नगरपालिका वडा नम्बर–१ मा निरीक्षण गरे पछि आयोजना निर्माण प्रक्रियालाई गति लिएको हो ।

प्रधानमन्त्रीले स्थलगत निरीक्षण गरेपछि गत जेठमा भारत भ्रमणका क्रममा सुक्खा बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिँदै भारतले आगामी तीन वर्षमा बनाइदिने सहमति पत्र (ओएमयू) मा हस्ताक्षर गरे पछि सख्खा बन्दरगाह निर्माण हुने अपेक्षा गरिएको छ । दुवै देशका प्रधानमन्त्री स्तरमा भएको उक्त सम्झौता पछि भारतीय पक्षले पनि सुक्खा बन्दरगाह निर्माण स्थलको अनुगमन गरेको छ । सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा सुक्खा बन्दरगाह स्थलको अनुगमन गरेका हुन ।

सुदूरपश्चिम प्रदेशको आर्थिक स्मृद्धिमा भरपुर सहयोग पुग्ने सुक्खा बन्दरगाह सञ्चालन, कञ्चनपुरलाई नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाकाका रुपमा विकास गर्न खोजिएको विषयले प्रक्रियागत रुपमा बढावा पाउन थाले पछि स्थानीयवासी हर्षित छन् । जिल्ला समन्वय समिति कञ्चनपुरले सुक्खा बन्दरगाह निर्माण स्थलमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका प्रमुख सचेतक लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि मन्त्रिपरिषद्को बैठकले जग्गा निर्धारण गरी सेकेको बताए । उनले छिट्टै सुक्खा बन्दरगाह निर्माणको काम अघि बढ्ने बताउदै सुक्खा बन्दरगाह कञ्चनपुरको मात्रै नभएर देशको आर्थिक विकासको एउटा अङग भएको बताए ।

निर्वाचनका बेला नेता लेखकले सुक्खा बन्दरगाह निर्माणसँगै कञ्चनपुरलाई नेपाल–भारत र चीनको त्रिदेशीय नाका बनाउने विषयलाई चुनावी एजेन्डा समेत बनाएका थिए । त्यसैगरी राजदूत श्रीवास्तबले सुख्खा बन्दगाह भारत सरकारले अनुदानमा निर्माण गर्ने भएकाले स्थलगत अनुगमन गर्न दोधारा चाँदनी आएको बताए । उनले डिपिआर स्वीकृत भएपश्चात् समयमै सुक्खा बन्दरगाह निर्माण हुने बताए । दोधारा चाँदनी नगरपालिकाको गौरीशंकर र मायापुरी सामुदायिक वन क्षेत्रको दुई सय ८० बिघा जमिन अधिग्रहण गरी सुक्खा बन्दरगाह निर्माण हुने बताइएको छ । झन्डै ६ अर्ब लागतमा दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी (आइसिपी)निर्माण हुने बताइएको छ ।

सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्न आइसिपी निर्माण हुन लागेको हो । सुक्खा बन्दरगाहको करिब एक किलोमिटर वर महाकाली नदीमा चार लेनको पक्की पुल र ६ लेनको पहुँच मार्ग समेत निर्माण भइ सकेको छ । दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न भारतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को मस्यौदा नेपाललाई पठाएको थियो । पहिलो चरणमा सडक सञ्जाल र दोस्रो चरणमा रेलवे कनेक्सन निर्माण गरिने योजना छ ।

वनको ४० हेक्टर क्षेत्रफल रहेको जग्गामा निर्माण हुन लागेको आइसिपीमा दुईवटा गोदाम भवन, भन्सार चेक जाँच, क्वारेन्टिन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका अन्य पूर्वाधार निर्माण हुने बताईएको छ । जसका लागि वातावरणीय प्रभाव मूल्याङकन (इआइए) स्वीकृति भइसकेको छ ।

इआइए प्रतिवेदन अनुसार एक हजार नौ सय वटा रूख काट्नुपर्ने छ । स्थलगत निरीक्षणमा कांग्रेस प्रमुख सचेतक लेखक, भारतीय राजदूत श्रीवास्तव, सुदूरपश्चिम प्रदेशसभा सदस्य बेलबहादुर रानामगर, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा लगायत स्थानीय जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

भर्खरै

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ
बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

Thunuwa

उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार