"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रामारोशनमा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलनमा जादै गरेका पर्यटकहरु अन्यौलमा

No data was found

Khabar Raftar

भदौ ३१ अछाम । अछामको रामारोशनमा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाँदै गरेका विभिन्न देशका ४० जना पर्यटकहरु अन्यौलमा परेका छन् । पर्यटकीय क्षेत्र रामारोशनमा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलनको स्थानीय प्रशासनले आधिकारिकता खोजेपछि सम्मेलनमा भाग लिन जाँदै गरेका विभिन्न देशका ४० जना पर्यटकहरु अन्यौलमा परेका हुन् ।
स्थानीय प्रशासनले सम्मेलनको आधिकारिकता खोजेपछि कार्यक्रम हुने नहुनेमा पनि अन्यौलता सिर्जना भएको छ ।

रामारोशनमा गर्ने भनिएको कार्यक्रम आयोजक, सहभागी र समयका बारेमा प्रस्ट जानकारी नभएको बताइएको छ । स्थानीय प्रशासनले विभिन्न देशबाट आएकाहरूलाई अछामको प्रवेश नाकामा रोकिदिएको बताईएको छ । कार्यक्रम गर्नु अगाडि नै स्थान, सहभागी संख्या, देश, समय अवधिका बारेमा जानकारी गराउनु पर्ने भए पनि त्यस्तो नभएक कारण यस्तो समस्या देखिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामले उक्त कार्यक्रमका सम्बन्धमा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग विस्तृत विवरण माग गरे पनि कुनै जानकारी नआएको बताएको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले अहिलेसम्म कुनै जानकारी नआएको बताए । स्थानीय प्रशासन र अछाम प्रहरीले विदेशीले रामारोशनमा गर्न लागेको कार्यक्रमको आधिकारिकता मात्रै खोजेको जानकारी गराएका छन । एक महिनाको अवधिमा विभिन्न देशका गरेर दुई हजार भन्दा बढी पर्यटक रामारोशन आउने बताइएको छ ।

रामारोशनमा आयोजना हुने कार्यक्रमका आयोजक, ट्राभल एजेन्सी लगायत विविध कुराको जानकारीका लागि गृह मन्त्रालयमा पत्र पठाइएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विश्वदीप वेस्राले जानकारी गराएका छन । गृह मन्त्रालयको निर्देशन अनुसार विदेशीलाई कार्यक्रम गर्न दिने वा नदिने भन्ने विषयमा टुङगो लाग्ने बतार्ईएको छ । रामारोशन पर्यटन विकास समितिले विदेशी नागरिकको शान्तिसुरक्षाका लागि अनुरोध मात्र गरेको बताईएको छ ।

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते