भदौ २८ धनगढी । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले गाईको मल बिक्री गर्न सुरु गरेको छ । यसअघि ट्रलीका रुपमा बिक्री गर्दै आएको गौशालाले मंगलबारदेखि खुद्रारुपमा समेत मल बिक्री गर्न सुरु गरेको हो । गौशालाले २० किलो र २५ किलोमा प्रतिकिलो १२ रुपैयाका दरले मल बिक्री सुरु गरेको हो । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका सचिव द्धारिका जोशीले विगतमा चार हजार प्रतिट्रालीका हिसाबले बिक्री गर्ने गरेको मल अहिले ट्राली लिनेका लागि पाँच हजार शुल्क तोकिएको जानकारी गराए । उनले गौशालामै आएर लिनेले मात्र मल पाउने व्यवस्थालाई चिर्दै टीकापुर बजारमै मल पाउने व्यवस्था मिलाइएकोजानकारी गराए ।
“थोरै लिनेलाई पनि सहज होस् भन्ने उदेश्यले किलोका हिसाबले टीकापुरस्थित घण्टाघर नजिकैबाट मल बिक्री गर्न सुरु गरिएको जोशीले जानकारी गराए ।े गौशालामा सात सय ६० सय वटा गाई रहेको बताउदै उनले गाईको गोबर मल व्यावसायिक खेती मात्र नभई थोरै बारीमा तरकारी खेती, कौशी खेती, फलफूल खेती गर्नेले पनि खोज्ने गरेकाले किलोका हिसाबले बिक्री गर्न सुरु गरिएको जोशीले बताए । “गोबर ग्याँसबाट निस्किएको मल सुकाएर, केही समय राखेर त्यसपछि प्याक गरेर बिक्री गर्न थालेको बताउदै उनले टीकापुर बजारमा बिक्रीका लागि स्थान राखिएको बताउदै आगामी दिनमा अन्य ठाउँ र एग्रोभेटमा समेत राख्ने तयारी गरि रहेको बताए ।
उनले गौशालामा रहेको गोबर ग्याँसमा दैनिक चार क्विन्टल मल उत्पादन हुने गरेको बताए । मल बिक्रीबाट भएको आम्दानीे गार्ई व्यवस्थापनमा खर्च गर्ने गरिएको उनले बताए । गौशालामा रहेको गोबर ग्यासबाट विगत चार महिना देखि स्थानीयलाई ग्यास वितरण भइरहेको उनले बताए । स्थानीय ५५ वटा घरले ग्यासको सुविधा लिँदै आएको पनि उनले जानकारी गराए । ग्याँस हरेक दिन बिहान दुई घण्टा र साँझ दुई घण्टा वितरण गर्ने गरिएको बताउदै उनले गौशालाले असोज महिना देखि ग्याँसको समेत न्यूनतम मूल्य लिने निर्णय गरेको जानकारी गराए ।
ग्याँस वितरण भएका घरमा राखिएको मिटर रिडिङका आधारमा प्रतियुनिट ४५ रुपैया लिने निर्णय भएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले जानकारी गराए । केही वर्षदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गएको जेठ महिना देखि समितिले सञ्चालन गरिरहेको उनले बताए । गौशालामा रहेका गाईको व्यवस्थापन समिति आफैँले खर्च बेर्होने गरेको बताउदै उनले नगरपालिकाले वार्षिक २० लाख रकम छुट्याउने गरेको जानकारी गराए ।
आठ जना गौसेवक कार्यरत भएको बताउदै उनले दुई जना व्यवस्थापन समितिका पदाधिकारी समेत सेवकका रुपमा कार्यरत भएको उनले बताए । आठ जनाले मासिक तलब सुविधा पाउने र दुई जना सेवकका रुपमा कार्यरत रहेको उनले बताए । आठ जनाको तलब खर्च वार्षिक साढे १८ लाख वार्षिक खर्च हुने गरेको बुढाक्षेत्रीले बताए । पालिकाले दिने रकम तलबमै खर्च हुने भए पछि पशुको आहारा तथा अन्य व्यवस्थापनमा समस्या भइरहेको उनले जानकारी गराए ।


