"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अमेरिकी अवार्ड विजेता नेपालीलाई गृह जिल्ला बैतडीमा सम्मान

No data was found

Khabar Raftar

भदौ ०६ बैतडी । संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड (जिएआरसी) प्राप्त गरेकी बैतडीकी मानव अधिकारकर्मी सरस्वती नेपालीलाई गृह जिल्ला बैतडीमा सम्मान गरिएको छ । राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकायद्वारा अवार्ड विजेता नेपालीलाई सम्मान गरिएको हो । दलित समाज विकास मञ्चले आयोजना गरेको सम्मान कार्यक्रममा नेकपा एमालेका केन्द्ीय कमिटी सदस्य लिलाधर भट्टले बैतडीकी चेलीले विश्व समुदायमा नेपालको नाम चिनाएको बताए ।

विश्वका ६ च्याम्पीयन अभियन्ताहरु मध्येमा बैतडीकी अभियन्ताको नाम पर्नु गौरवको बिषय भएको उनले बताए । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले अमेरिकी सरकारबाट प्राप्त अवार्डलाई ठुलो उपलब्धीका रुपमा लिई काम गर्नु पर्ने जिम्मेवारी थपेको बताए । सरस्वती नेपालीले प्राप्त गरेको अवार्डले बैतडीको मात्रै नभएर देशकै शिर उँचो भएको उनले बताए ।

सम्मान कार्यक्रममा अवार्ड विजेता नेपालीले सामजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई पुरुष्कृत गर्न अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन् । उनले सन् २०१८मा अन्तर्राष्ट्रिय दर्नाल अवार्ड प्राप्त गर्दा अक्षयकोष स्थापना गरेकोमा रकम थप गरेर अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी हुन् । नेपालीले अगस्त ९, २०२३ मा अवार्ड प्राप्त गरेकी थिइन् ।

अवार्ड प्राप्त गरेपछि पहिलो पटक गृह जिल्ला पुगेकी नेपालीलाई बुधबार सम्मान गरिएको हो । त्यसैगरी ग्लोबल एन्टि रेसिज्म अवार्ड विजेता सरस्वती नेपालीलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र कर्मचारी मिलन केन्द्रले पनि सम्मान गरेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आगामी यात्रा अझ शसक्त बनाउनु पर्ने बताए ।

गृह जिल्लामा सम्मान प्राप्त गरेपछि अवार्ड विजेता नेपालीले अवार्ड प्राप्तिले आफूलाई मानव अधिकारका क्षेत्रमा थप बलियो भएर लाग्ने प्रेरणा मिलेको बताइन् । जिल्लाबासीले गरेको सम्मानले आफूलाई अझै यस क्षेत्रमा क्रियाशील रहन प्रेरणा दिएको बताउदै उनले सीमान्तकृत समुदायको आवाज उठाउन सदैव लागि पर्ने बताइन् ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण