प्रदिप मलासी साउन २२ बझाङ्ग । मनग्य आम्दानी हुने भए पछि बझाङका स्थानीय खेतीबारी छोडेर यार्शा संकलनमा यस्त हुने गरेका छन ।
मनग्य आम्दानी हुने भए पछि बझाङ्ग जिल्ला साईपाल गाउपालिकाका राईढुङ्गी,चाल्लाबन,फरालीखेत,औलागाड,निलकट्ठी,सालीमारे,कालापानी,शुर्मा गाउपालिका र बुंगल नगरपालिकाका तुतीबन,धपौन,जलजला,बुढाबिनायक,पार्थीबन,धनसेरा,बिरुओडार,धौलढुङ्गा,माल्याबन,ठाण्याबन,पाण,सेलीमोठ,चुफिबन,माल्या,सेराबन लगाएतका ठाउमा प्रत्यक बर्ष ८ देखि १० हजारको संख्यामा यार्सा संकलनमा ब्यस्त हुने गरेका हुन ।
डिभिजन बन कार्यालय बझाङ्गाले यस वर्ष २ कुण्डल ७९ किलोग्राम ३९ ग्राम यार्सा संकलन गर्ने कार्य भएको जानकारी दिएको छ । यार्साको प्रयोगले मानव शरीरको कोष बिकास गर्नुका साथै यौन उत्तेजनामा पनि बृद्घि गर्ने गरेको छ । बहुमुल्य जढीबुढीका रुपमा रहेको यार्सागुम्बाको संकलन जिल्लाका हजारौ मानिसहरुको वर्ष भरि खान पुग्ने आयस्रोत भएकाले पनि उनिहरु यार्सा संकलनमा ब्यस्त हुने गरेका हुन ।
बन कार्यालयले यार्सा संकलन बाफत प्रति केजी ३१ हजार कर संकलन गर्दै आएको र यार्सा पाउने स्थानीय तहले प्रति संकलन कर्ताबाट सो उक्तक्षेत्रमा प्रबेश गरे बाफत प्रबेश शुल्क ५ सय लिने गरेका छन । अत्याधिक हिउले ढकमकै ढाकिएका ठुला हिमालमा कठिन यात्रा गरेर बैशाख महिना देखि साउन सम्म यार्सा संकलन गर्ने जिल्लाबासीले वर्ष भरि खान पुग्ने गरि यार्सालाई आफनो मुख्य आयस्रोतका रुपमा लिने गरेका छन ।
शुर्मा गाउपालिका बझाङ्गका स्थानीय कलक बोहराले वर्षेनी यार्सा संकलनका लागि कठिन बाटो हिडेर जाने स्थानीयले हरेक वर्षको यार्सा संकलनको समयमा केही संकलनकर्ताले सोही क्षेत्रमा ज्यान गुमाउने गरेको भए पनि सोही क्षेत्रका मानिसहरुको भौगोलिक बिकटताका कारण खेतीपातीबाट वर्षेनी खान पुग्ने उब्जनी नहुने भएकाले यार्सा संकलनको सिजनलाई प्राकृतिले दिएको बरदान सम्झेर यस्तो जोखिम मोलेर संकलनमा जुटने गरेको बताए ।
त्यसैगरी शुर्मा गाउपालिका बझाङ्गका स्थानीय गौतम बोहराले अन्य बनमा पाईने जढीबुटीका लागि संकलनमा खटिएका संकलक ५ देखि ६ महिना बस्ने गरे पनि यार्साको खासै सिजन ३ महिना भएकाले घरमा ताला लगाएरै भए पनि यार्सा संकलनमा जुटने गरेको बताए । हरेक वर्षको ३ महिना यार्सा संकलन गरेर बर्ष भरि खान पुग्ने भए पछि स्थानीय निकै कष्ठ गरेर यार्सा संकलनमा केन्द्रित हुने गरेको बोहराले बताए ।
त्यसैगरी डिभिजन बन कार्यालय बझाङ्गका प्रमुख कर्ण बहादुर खातीले अत्याधिक हिमपातका समयमा बनमा धेरै यार्सा पाउने बताउदै अरु वर्षको तुलनामा यस बर्ष किसानले धेरै यार्सा संकलन गरेको जानकारी गराए । परिक्षण गर्ने ल्यावको व्यवस्था नेपालमा नभएकाले छिमेकी मुलुक चिनमा यसको सप्लाई हुने गरे बताउदै उनले यसले मानव शरीरको कोषलाई डाइलोसिस गर्ने बृद्घि बिकास गर्ने र यौन शक्ति बढाउने कार्य गर्ने गरेको बन डिभिजन प्रमुख कर्ण बहादुर खातीले बताए ।

यार्सागुम्बा औषधि गुण भएको बहुमुल्य वनस्पति भएको बताउदै उनले सामुन्द्रिक सतह भन्दा ३८ सय मिटरको उचाईमा नेपाल,भारत तिब्बत लगायत देशका हिमाली भागमा यार्सागुम्बा पाईने गरेको बताए । नेपालमा औषधि बाहेक अन्यत्र यसको उपयोग खासै नगरिएको बताउदै उनले यार्सा महंगो जढीबुटी भएको बताए । त्यसैले नेपालबाट वर्षेनी बिदेशमा यसको निर्यात हुने गरेको बताउदै उनले गर्भवती महिलाका लागि यार्सागुम्बा बढी फाईदाजनक भएको बताए ।
यसको सेवनले पेटभित्रको बच्चालाई आवाश्यक पोषणतत्व प्राप्त हुने भएकाले एक दिनमा नौ ग्राम भन्दा बढी र्याागुम्बा खानु स्वास्थ्थका लागि राम्रो नहुने उनले जानकारी गराए । क्यान्सर,ट्युमर,मृगौलाका बिरामीले यार्सागुम्बा नियमित सेवन गरेमा फाइदा गर्ने बताउदै उनले मस्तिकसम्बन्धि एन्जाइटी,अल्जाइमर,डिप्रेसन जस्ता समस्याकम गर्ने बताए ।
आलस्यता हटाउदै शररिमा उर्जा थप्ने काम गर्नुका साथै रक्तकोषिकाको बिकास गर्न सघाउ पुर्याउनुकासाथै नपुंसकता हुनवाट बचाएर यौनशक्ति बढाई रोगसंग लड्ने प्रतिरक्षा प्रणली बलियो बनाउन मद्यत गर्ने कार्यमा यार्सागुम्बाले ठुलो भुमिका खेलेको उनले जानकारी गराए । यार्सागुम्बाले्र ६ महिना बनस्पति र ६ महिना जिब भएर आफनो जिवन चक्र प्रक्रिया पुरा गर्ने गरेको उनले बताए ।


