साउन १९ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका – वडा नम्बर ७ का दिनेश बिष्टले इलेक्ट्रिोनिक मोटरसाइकल बनाएका छन । कैलालीको गेटामा रहेको सरस्वती माध्यामीक विद्यालयमा कक्षा १० अध्ययनरत बिष्टले करिब १ लाख खर्च गरेर इलेक्ट्रिोनिक मोटरसाइकल बनाएका हुन् । शुक्रबार नगरप्रमुख हेम राज ओझाले मोटरसाइकलको उद्घाटन गरेका छन ।
मोटरसाइकलको उद्घाटन गर्दै नगर प्रमुख ओझाले मोटरसाइकल बनाएर दिनेशले कृष्णपुरको नाम रोशन गरेको बताए । उनले दिनेशले गरको कामलाई नगरपालीकाले सहयोग गर्ने बताए । प्राविधिक जानकारीका लागि उच्च शिक्षाको पनि उक्तिकै आवश्यकता हुने भएकाले अध्ययनमा पनि जोड दिनुपर्ने नगर प्रमुख ओझाले बताए ।
मोटरसाइकल निर्माण गरेका दिनेशले मोटरसाइकको सामान अनलाइन मार्फत मगाएको र, च्यासिस घरमै निर्माण गरेको बताएका छन । उनले मोटरसाइकलमा पुरानो मोटरसाइकलको ट्याङकी र पुराना स्कुटरका टायर प्रयोग गरेको बताए । मोटरसाइकल बनाउन २ हप्ताको समय लागेको उनले जानकारी गराए । उनले मोटरसाइकलको नाम सुदूरपश्चिम ७ राखेका छन ।
४८ भोल्टेजको ब्याट्री प्रयोग गरिएको उक्त मोटरसाइकल एक पटक चार्ज गरेमा ७५ देखि ८० किलोमिटर गुड्ने बताइएको छ । मोटरसाइकल फुल चार्ज गर्न साढे ३ देखि ४ घण्टा लाग्ने दिनेशले बताए । उनले एक पटक चार्ज गर्न २ युनीट विद्युत खर्च हुने बताए ।
यसअघि उनले मोटरसाइकलको इन्जिन प्रयोग गरेर तिन पाङग्रे बग्गी पनि बनाएको बताए । उनले दुवै उत्पादन गर्नको लागि २ लाख खर्च लागेको बताए । यसअघि गेटाको सरस्वती माविमा अध्ययनरत पारश साउँदले पनि १ लाखमैं इलेक्ट्रिोनिक मोटरसाइकल बनाएका थिए ।


