"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बालमैत्री स्थानीय शासन सम्बन्धि एक दिने छलफल तथा अन्तक्रिया सम्पन्न

No data was found

Khabar Raftar

प्रदिप मलासी ,साउन ०२ बझाङ, । बालमैत्री स्थानीय शासन सम्बन्धि एक दिने छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । प्रगतिशिल युवा समाज बझाङ, र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग र जयपृथ्वी नगरपालिका बझाङको आयोजनामा मंगलवार जिल्ला सदरमुकाम चैनपुरमा एक कार्यक्रमका बिच नगर प्रमुख चेतराज बजालको अध्यक्षता र वडा नम्बर १ देखि ११ का वडाध्यक्ष कार्यपालिका सदस्य प्रमुख प्रशासकिय अधिकृत लगाएत विभिन्न बिषयगत शाखा प्रमुख बाल क्लव बाल बिध्यार्थी र बालमैत्री स्थानीय शासन प्रतिनिधि शिक्षक नागरिक समाज पत्रकारको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

पछिल्लो समयमा बालबालिकाहरुको शान्ति र सुरक्षासंगै बाल बिकासका सवालमा राज्यका निकायको ध्यान केन्द्रित गर्ने उद्वेश्यकासाथ वल्र्ड भिजन ईन्टरनेशन नेपाल र प्रगतिशिल युवा समाज बझाङले ५१ वटा सुचक निर्धारण गरि स्थानीय सरकारलाई बालबालिका मैत्री कानुन निर्माण गरि स्थानीय तहमा बन्ने हरेक संरचना र योजनामा बालबालिका अधिकार र पहुच बिस्तार गर्न स्थानीय सरकार लाई जवाफदेही बनाएको छ । मदिरा र लागू औषधका कारण घर परिवारमा अशान्ति मच्चिने र बिध्यालय जाने र शिक्षा प्राप्त गर्ने उमेरका बालबालिकालाई असर पर्ने भएकाले स्थानीय सरकारले बालबालिकाको अधिकार संरक्षण र अभिभावकलाई जिम्मेवार बनाउने खालको कानुन निर्माण र नीति कार्यक्रम तयार पारे बालबालिकाको जीवन शैलीमा केही फेरबदल हुने बाल क्लवका अध्यक्ष अर्जुन जोशीले बताए ।

बालबालिका भबिष्यका कर्णधार भएकाले बालबालिकाको बिकास र हक सुरक्षाका क्षेत्रमा नगरे सम्म देश र समाजको बिकासले सार्थकता नपाउने क्लवका अध्यक्ष जोशीले बताए । बाल्यवस्थाको उचित वातावरण, स्याहार सम्मान, सहभागिताले भविष्यमा सोही बालबालिका क्षमतावान मानव स्रोत बन्दछन  । मानव अधिकारको अन्तराष्ट्रिय सन्धिले बालबालिकालाई समेट्न नसक्ने र बाल्यावस्थाका आवश्यकताहरू विशेष हुने भएकाले बाल अधिकार महासन्धिको आवश्यकता महसुस भएको हो । तसर्थ आफ्ना भावी सन्ततिको उज्वल भविष्यको निम्ति अभिभावक तथा राष्ट्रले विशेष जिम्मेवारी लिऊन् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको छ  ।

यो सन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित गरिएको थियो । बालबालिकाको अधिकारका निम्ति पारित यो सन्धि राज्य राज्यहरूबिचको एक साझा कानुन हो  । त्यसैले यो राज्य तथा अभिभावकले बुझ्नु महत्त्वपूर्ण हो । यस महासन्धिलाई नेपालले १४ सेप्टेम्बर १९९० मा निःशर्त अनुमोदन गरिसकेको छ । नेपालमा पनि यस महासन्धिलाई अनुमोदन गरेपछि बालबालिका ऐन २०४८ लागु गरियो भने, सो ऐनलाई संसोधन गरेर २०७५ मा बालबालिका सम्बन्धी ऐन लागु गरिएको छ  । यो ऐन बाल अधिकार महासन्धि अन्तरगत रहेकोले बाल बिवाह र बाल श्रमको पुर्ण निगरानी गर्दै छिट्टै नगरपालिकालाई बालमैत्री र बाल हिंसा मुक्त गर्न पालिकाको सक्दो पहल निरन्तरता चलिरहने कार्यक्रमका अध्यक्ष तथा जयपृथ्वी नगरपालिका बझाङका प्रमुख चेतराज बजालले बताए ।

मानव अधिकारका विषयले महत्त्व पाउन थालेपछि राज्यहरू बाल अधिकारबारे समेत सचेत हुन थालेका छन् । नेपालको संविधान २०७२ ले बाल अधिकारलाई महत्त्व दिंदै मौलिक हकका रूपमा बालबालिकाका आधारभूत अधिकारहरूलाई सुनिश्चित गरेको छ । २०७५ सालमा निर्माण भएको बालबालिका सम्बन्धी ऐन र नियमावलीमा बालबालिकालाई उपलब्ध गराउनुपर्ने वातावरण, उनीहरूले प्राप्त गर्नुपर्ने आधारभूत सुविधा र जोखिमपूर्ण काममा लगाउन नपाउने व्यवस्थाबारे स्पष्ट कानूनी प्रावधानहरू राखिएको छ । यी सबै कुराले बालबालिकालाई संवैधानिक र कानूनी रूपमा सबल बनाएको छ । तर कमजोर आर्थिक अवस्थाका कारण राज्यबाट दिइएका सेवा सुविधाहरू प्राप्त गर्न नसकेका बालबालिकाको अवस्था व्यवहारतः दयनीय नै रहेको छ ।

परिणामको सही विश्लेषण गरी उपयुक्त निर्णय गर्न नसक्ने अपरिपक्क अवस्थालाई आधार मानेर हाम्रो संविधान तथा कानूनमा १८ वर्ष नपुगेका व्यक्तिलाई बालबालिकाका रूपमा परिभाषित गरिएको छ । यस उमेरका व्यक्तिले आफू र आफ्नो दायित्वसित सम्बन्धित कुनै पनि करार गर्न नसक्ने भएकाले संरक्षक वा अभिभावकको सहमति विना उनीहरूसँग गरेका करारहरू अवैध हुने व्यवस्था गरिएको छ । लबालिकाको धेरैजसो समय विद्यालयमा बित्ने भएकाले उनीहरूले निर्धक्क भएर आफ्ना अधिकारको प्रयोग तथा आफ्नो सर्वाङगीण विकासका लागि क्रियाकलापहरू गर्न पाउनुपर्ने विषयमा बहस हुने गरेको छ । यसैले विद्यालयहरूले आफूलाई बालमैत्री घोषणा गरी बालबालिकालाई डर, त्रास र यातना विना रमाउँदै सिक्ने अवसर प्रदान गर्न थालेका छन् ।

यद्यपि बालमैत्री विद्यालयका नाममा बालबालिकालाई दिने क्षणिक सुविधा र विद्यालयका भौतिक पूर्वाधारलाई बढी जोड दिएको पाइन्छ । भौतिक पूर्वाधार बालमैत्री विद्यालयको एउटा आधारभूत तत्त्व भए पनि यसभन्दा बढी त्यहाँको आत्मिक पक्ष अर्थात् बालबालिकासँग गरिने व्यवहार र उनीहरूको वृद्धि तथा विकासका लागि उपलव्ध गराइएको अवसर र वातावरण महत्त्वपूर्ण हुन्छ । परिणामको सही विश्लेषण गरी उपयुक्त निर्णय गर्न नसक्ने अपरिपक्क अवस्थालाई आधार मानी हाम्रो संविधान तथा कानूनमा १८ वर्ष नपुगेका व्यक्तिलाई बालबालिकाका रूपमा परिभाषित गरिएको छ ।

रमाइलो वातावरणमा खुसी हुँदै आफूमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न पाउने अवसर सिर्जना गर्नु बालमैत्री विद्यालयको विशेषता हो । बालबालिकालाई खुसी राख्ने नाममा उनीहरूको उमेर अनुकूलको सिप सिकाइलाई ध्यान नदिई गुमराहमा राख्नुलाई बालमैत्री वातावरण भन्न सकिंदैन । प्रभावकारी रूपमा बालबालिकालाई आधारभूत सिप सिक्न उत्प्रेरित गर्ने र त्यस अनुकूलका सामग्रीको व्यवस्था गर्न सके मात्र बालबालिकाले उमेर अनुसारका सिपहरू सिक्न सक्दछन् । नेपाल सरकार शिक्षा मन्त्रालयले गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय प्रारूप २०६७ जारी गरी आधारभूत रूपमा बालमैत्री विद्यालयभित्र समावेश हुनुपर्ने तत्त्वबारे जानकारी गराएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण