धिरज प्रपाला, असार १५ बर्दिया । नेपाल कम्युनिष्ट पार्टिले देउडा खेल्दै, दहि चिउरा खादै असार पन्ध्र अर्थात धान दिवसलाई उत्सवका रुपमा मनाएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय कपीलबस्तुको शिवगढीमा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सिले असार १५ अर्थात धान दिवसको दिन विहान धान रोपेर विसको उदघाटन गरे पछि देशैभरी धान रोपेर नेकपाका नेता कार्यकर्ताहरुले धान दिवसलाई उत्सवका रुपमा मनाएका हुन ।

लुम्बीनी प्रदेशको बर्दिया जिल्लाको राजापुर नगरपालीका वडा नम्बर ३ टेडिया गाउँमा नेपाल कम्युनिष्ट पार्टीको उत्पादन विभागद्वारा आयोजित रोपाई कार्यक्रम अर्थात धान दिवसलाई नाच्दै गाउँदै रमाउदै दहि चिउरा खादै उत्सवका रुपमा मनाईएको छ । पार्टिको केन्द्रीय उत्पादन बिभागले अमर सहिद दशरथ चन्द माध्यामीक विद्यालयको २६ विगाह जमीन ५ बर्षका लागी भाडामा लिएर धान खेतीका लागी रोपाई गर्ने काम भईरहेको छ । त्यही क्रम्मा नेपाल कम्युनिष्ट पार्टीले असार १५ लाई देशै भरी एत्सवका रुपमा माएको हो ।

बर्दियाको राजापुरमा अहिले १२ बिगाहा जमिनमा धान रोपेर उत्पादनसंग जोडीएको नेपाल कम्युनिष्ट पार्टिको असार १५ गते अर्थात धान दिवसलाई उत्सवका रुपमा मनाउने क्रम्मा नेपाल कम्युनिष्ट पार्टीका स्थाई कमीटी सदस्य तथा स्कूलीङ विभाग रणविर सिले पर निर्भरता देशकै समस्या भएकाले पार्टीले सबै नेता कार्यकर्ता र सिङगो पार्टीपङक्तीलाई उत्पादनसंग जोड्ने नीति अनुसार देशभरी धान रोप्ने काम सुरु गरिएको बताए ।
उनले दलाल पुजीबादको अन्त्यका लागी आत्म निर्भर उत्पादन आवश्यक भएको बताए । समाजबाद प्राप्तीका लागी पनि उत्पादनले महत्वपूर्ण भूमीका रहने बताउदै नेता रणवीरले कुरा होईन काम गरेर पार्टीको पहिचान बनाउन आवश्यक भएको बताए । अर्काको देशमा काम गर्ने र आफ्नो देशमा नगर्ने संस्कारको अन्त्य गर्न उत्पादन कार्यको सुरुबात गरिएको उनले बताए ।

चौधरी समुदाय उत्पादनको सेना भएको बताउदै उनले पत्रकार त्यसको रक्षा र विकाससंग जोडीएको कलम बोक्ने कलमीे सेना भएको बताए । उनले काम गरेर देखाउन चाहेको बताउदै श्रममा जेुटेर देशलाई आत्मनिर्भर बनाउने यात्रामा नेपाल कम्युनिष्ट पार्टी अगाडी बढेको बताए । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका पोलीट ब्यूरो सदस्य तथा उत्पादन संयोजक आधार सिले एकिकृत सामुहिक प्रणालीमा नयाँ प्रविधिले खेती गर्न सुरु गरिएको जानकारी गराए । राजापुर एकिकृत कृषी फार्म दर्ता गरेर उत्पादनमा जुटेको बताउदै उनले कृषीमा बैज्ञानीक प्रयोगले नयाँ विचार र प्रविधीको विकास हुने बताए ।

उनले सर्लाहीमा सनफलावरको खेती गरेर सफल भईसकेको जानकारी गराउदै अब राजापुरमा २६ विगाहामा सनफलावरको खेती गरिने बताए । राष्ट्रिय कृषी क्रान्ती गर्दै कच्चा पदार्थ सहित उद्योग र ब्यापार पनि आफ्नै हुने गरी देशलाई आत्म निर्भर बनाउन नेपाल कम्युनिष्ट पार्टी अगाडी बढेको बताए । बर्तमान राज्य सत्ता फेल भई सकेका बताउदै उनले जनताको जीवन स्तर उकास्न सुरु गरिएको उत्पादनको यात्रा समाजबादको भ्रुण भएको बताए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका पोलीट ब्यूरो सदस्य बन्धु चन्दले श्रम प्रति जनताको आश्था बढाउन र आत्म निर्भर बन्न उत्पादनलाई टेवा पुग्ने गरी धान दिवसलाई उत्सवका रुपमा मनाएको बताईन । पार्टीको नितिले श्रमद्वारा आत्म निर्भर बनाउन भूमीका खेल्ने कुरा गौरवको विषय भएको बताईन । केन्द्रिय उत्पादन बिभागले बर्दियाको राजापुरमा असार ११ गते देखि धान रोपाई सुरु गरेको धान दिवसमा ५ दिन भएको नेकपाका बर्दीया ईन्चार्ज तथा केन्द्रिय सदस्य हीमशिखरले जानकारी गराए ।

रोपाई कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा केन्द्रिय उत्पादन विभाग सदस्य असल सि,केन्द्रिय सदस्य,शेखर सर्मा, रणदिप,लगायत्को सहभागिता रहेको थियो । नेता तथा कार्यकर्ताहरुलाई उत्पादनसंग जोडेर आत्म निर्भर बनाउने पार्टिको केन्द्रिय नीति अनुसार नेपाल कम्युनिष्ट पार्टीले देशभर ४० विघा खेतमा धान खेती गरेर नमुना कार्य गरेको छ । पार्टी केन्द्र सहित ब्यूरो, जिल्ला कमिटी र जनवर्गीय संगठनहरुले एक सय विघामा धान खेती लगाउने नेपाल कम्युनिष्ट पार्टिली जानकारी गराएको छ ।
आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति अनुरुप विभिन्न जिल्लामा धान लगाउन थालिएको अवस्थामा देसभर असार १५ लाई एत्सवका रुपमा मनाइएको छ । असार १० गते देखि असार ३० गते सम्म वर्षे बाली उत्पादन गर्न महासचिव देखि पार्टी सदस्य जनवर्गीय संगठनका नेता कार्यकर्ता उत्पादनमा सक्रिय रहेका छन । यस अघि नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तु र ललितपुरमा कम्युनको विकास गर्दै सामुहिक खेती गर्दै आएको छ ।



