"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलितले छोएको खाए पछि बहिस्कारमा परेका आचार्यलाई १ लाख क्षतिपुर्ति दिन सिफारिस

No data was found

Khabar Raftar

जेठ १८ खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगले दलितले छोएको दही खाएको निहुमा अघोषित रुपमा सामाजिक बहिष्करणमा पारिएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ दिक्तेलका ८० वर्षीय टंकप्रसाद आचार्यलाई क्षतिपुर्ति दिन सरकार समक्ष सिफारिस गरेको छ ।

छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश सरकारको अभियान अन्तरगत जिल्ला समन्वय समितिले २०७६ साल जेठ १८ गते आयोजना गरेको सहभोजमा सहभागी हुनेक्रममा दलित युवतीको हातबाट दही खाएको निहुमा सामाजिक बहिष्करणमा परेका आचार्यलाई आयोगले एक लाख क्षतिपुर्ति दिन सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आयोगको केन्द्रीय कार्यालयले मानसिक पीडा खेप्न वाध्य आचार्यलाई क्षतिपुर्ती दिनका लागि बैसाख १७ गते सिफारिस गरेको राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश शाखा कार्यालय खोटाङका मानव अधिकार अधिकृत नेत्र गौतमले बताए । आयोगले जातीय छुवाछूत तथा भेदभावविरुद्धका घटना आउनासाथ दर्ता गरी अनुसन्धान गर्न, जातीय छुवाछूत तथा भेदभावविरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सिफारिस गरेको छ । दलितले छोएको खाएको निहुमा आफन्तबाटै केही वर्ष अघोषित रुपमा सामाजिक बहिष्करणमा परेका आचार्यको अवस्था हाल सामान्य बनेको छ ।

दलितको हातबाट दही खाएको भन्दै कुरा काट्ने, धार्मिक तथा साँस्कृतिक कार्यमा नबोलाउँदा आचार्यले अघोषित रुपमा सामाजिक बहिष्करणको सामना गरेका थिए । घट्नाको केही समयपछि बाबुको श्राद्धका लागि बोलाइएको आफ्नो पुरोहित नआए पछि आचार्यले अर्कै पुरोहित बोलाएर श्राद्ध गरेका थिए । घरमा कुशे औसीका दिन पुरोहितले कुश नल्याएको आचार्यको गुनासो छ । समाजमै अघोषित बहिस्कारको शिकार बनाइएको भन्दै आचार्य न्यायको याचना सहित २०७६ साल भदौ ३ गते प्रदेशका तत्कालिन मूख्यामन्त्री शेरधन राईलाई गुहार्न पुगेका थिए ।

दलितले छोएको खान हुन्न भन्ने अन्धबिश्वासका बीचमा जन्मे हुर्किएका आचार्यले पृथ्वीमा महिला र पुरुष भन्दा अन्य जात नभएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–४ खाल्लेमा आयोजित सहभोजमा उत्साहकासाथ सहभागी भएका थिए । उनले स्थानीय किशोरी रचना सुनारको हातबाट दही खाका थिए । दलितले दलितकै घरमा तयार पारेको दाल, भात, खसीको मासु, तरकारी, अचार लगायतका परिकार खाएका थिए । यो दही घाँटीमा अड्केको भए मैले खान हुन्नथ्यो दही खाँदै आचार्यले भनेका थिए, मेटासिटले मरिन्छ, दलितले छोएको खानेकुराले मरिन्न ।

हामी सबै मानव एउटै हौँ । उनले भनेकाथिए । त्यही सहभागीता उनका लागि झमेलाको कारण बन्न पुगेको थियो । पुरातन सोच भएका समाजमा जन्मिए पनि सहभोजमा सहभागी भएकामा आचार्यको तारिफ मात्र भएन । आलोचना र सामाजिक दमनको सामना पनि गर्न परिरहेको आचार्यले बताए ।

सहभोजमा सहभागी भएकै कारण आचार्यमाथि सामाजिक विभेद गरिएको भन्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र खोटाङ दलित विकास मञ्चले २०७६ असार २ गते चार जनाविरुद्ध उजुरी दिएको थियो । उजुरीको केही समयपछि जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा सहमति गरिएको थियो ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण