जेठ १५ काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड को बजेट ल्याएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा उक्त बजेट पेश गरेका हुन् ।
उनका अनुसार चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २ प्रतिशत छुट्टयाइएको छ । पूजिँगत तर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७ दशमलब २५ प्रतिशत बजेट राखिएको छ । वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत बजेट छुट्ट्याइएको छ ।
यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजन विधेयक भन्दा २ दशमलब ३७ प्रतिशतले कम हो भने संशोधित अनुमानको तुलनामा १६ दशमलब ३७ प्रतिशत बढी हो ।
Post Views: 180


