जेठ ०४ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ सय ३९ नमुना मध्ये ७ सय ६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
योसंगै कोरोनाको संक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेका छन् । विहीबार मात्र कोरोनाबाट १५ जना निको भएर घर फर्किइसकेका छन् ।
Post Views: 135


