बैशाख १६ धनगढी । शनिबार पनि नेपालमा कोभिड १९ संक्रमणबाट एक जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवरण अनुसार शनिबार एक जना कोभिड संक्रमितको मृत्यु भएको हो ।
त्यसैगरी शनिबार १ हजार २ सय ३८ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३ सय ६१ जना पुगेको छ ।
सक्रिय संक्रमित मध्ये हाल २७ जना संस्थागत आइसोलेसनमा ८ जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । त्यसैगरी शनिबार ३५ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
Post Views: 127


